डेनमार्ककी भिक्टोरिया ७३औं मिस युनिभर्स



आइतबार बिहान मेक्सिको सिटीमा सम्पन्न सौन्दर्य प्रतियोगितामा डेनमार्ककी भिक्टोरिया केजर थेलभिगले मिस युनिभर्स २०२४ को ताज चुमेकी छन्।

उपाधि चुमेसँगै भिक्टोरियाले डेनमार्कका लागि इतिहास रचेकी छिन्। किनकि यो सुन्दरी प्रतियोगिताको ७३औं वर्षमा डेनमार्कको पहिलो उपाधि हो। मिस युनिभर्सको ताजका लागि विश्वका कुल १ सय २५ प्रतियोगीले प्रतिस्पर्धा गरेका थिए। भिक्टोरियाले सबैलाई पछि पार्दै मिस युनिभर्स २०२४ को प्रतिष्ठित उपाधि आप्mनो नाममा बनाएकी हुन्।


भिक्टोरियाको जन्म सन् २००४ मा सोबोर्ग, ग्रिब्सकोभमा भएको थियो र उनी कोपेनहेगनमा हुर्केकी थिइन्। उनले कोन्गेन्स लिंग्बीको लिंग्बी ≈यान्डल्सजिम्नासियमबाट व्यवसाय र मार्केटिड्डमा विशेषज्ञता हासिल गरेकी थिइन्। यसलाई पूरा गरेपछि, भिक्टोरियाले उद्यमशीलताको संसारमा पाइला राखिन् र गहना उद्योगमा प्रयास गरिन्, मुख्यतया हीरा बिक्री क्षेत्रमा। यसबाहेक उनी पशु संरक्षणको पक्षधर पनि हुन्। एक पेशेवर नर्तक र नृत्य प्रशिक्षकसमेत रहेकी उनी सामाजिक सञ्जालमा पनि निकै सक्रिय छिन्।


उनले सन् २०२१ मा मिस युनिभर्स २०२४ को यात्रा सुरु गरेकी थिइन्। जब उनले मिस डेनमार्कमा सेकेन्ड रनरअपको स्थान प्राप्त गरेकी थिइन् र अर्को वर्ष उनलाई मिस ग्रान्ड डेनमार्कको उपाधि दिइएको थियो। इन्डोनेसियामा भएको मिस ग्रान्ड इन्टरनेसनलमा ६७ जना प्रतिस्पर्धीसग प्रतिस्पर्धा गर्दै उनी उत्कृष्ट २० मा पुगेकी थिइन्। सन् २०२४ मा कोपेनहेगनको सर्कसबिगिनिड्डनमा भएको मिस युनिभर्स डेनमार्कको ताज भिक्टोरियाले जितेकी थिइन्। पुतलीस“ग शरीरको आकार मिल्दोजुल्दो भएका कारण उनी ≈युमन बार्बीका रुपमा चिनिन्छ।


प्रतियोगितामा मेक्सिकोकी मारिया फर्नान्डा बेल्ट्रान फस्ट र नाइजेरियाकी निडिमा अदेतशिना सेकेन्ड रनर्सअप भए। थाइल्याण्डकी ओपल सुचाता चुआङश्री र भेनेजुएलाकी इलियाना मार्केज शीर्ष पा“चमा आए। नेपालको प्रतिनिधित्व गरेकी सम्पदा घिमिरे भने सुरुवाती चरणबाटै बाहिरिएकी थिइन्।