काठमाडौँ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा सरोज शर्मालाई स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिएको छ ।
स्वास्थ्य मन्त्री प्रदीप पौडेलले मन्त्रिस्तरीय निर्णय गर्दै डा शर्मालाई महाशाखा प्रमुखसहित बीमा बोर्डको निमित्त निर्देशकको थप जिम्मेवारी दिएका हुन्।
उनलाई मन्त्रिपरिषदले कार्यकारी निर्देशक नियुक्त नगरेसम्मका लागि आर्थिक र प्रशासनिक अधिकारसहित निमित्त निर्देशकको थप जिम्मेवारी दिइएको हो।
बीमा बोर्डका कार्यकारी निर्देशक रहेका डा दामोदर बसौलाको गत २५ कात्तिकमा पदावधी सकिएपछि बोर्ड कार्यकारी प्रमुख विहीन थियो । त्यसो त दुई महिना अघि देखि बोर्डमा अध्यक्ष समेत खाली भएको छ । बोर्डका अध्यक्ष रहेका डा गुणराज लोहनीले गत भदौको अन्तिम साता राजिनामा दिएपछि अध्यक्ष विहीन भएको हो ।
देशव्यापी रुपमा विस्तार भैसकेको स्वास्थ्य बीमा कार्यक्रम पछिल्लो समय प्रभावकारी भने देखिएको छैन ।
नेपालमा २५ चैत २०७२ मा कैलाली जिल्लाबाट सुरु भएको स्वास्थ्य बीमा कार्यक्रम अहिले ७७ वटै जिल्ला र ७५३ वटै स्थानीय तहमा पुगेको छ ।
प्रतिक्रिया