काठमाडौं ।
लोकप्रिय संगीतकार तथा गायक कालीप्रसाद बासकोटा सांगीतिक करियर १५ वर्ष पुगेको अवसर पारेर पोखरा र बुटवलमा गुञ्जने भएका छन्।
नवीन शैलीका गीत गाउन र तयार पार्न खप्पिस कालीप्रसाद आफ्नो ब्यान्ड साथीभाइसहित पोखरा र बुटवलमा गुञ्जिन लागेका हुन्। कालीप्रसाद र उनको ब्यान्ड साथीभाइले भोलि शुक्रबार पोखराको लेकसाइडमा अवस्थित किङ्स लन्ज पोखरामा सांगीतिक प्रस्तुति दिने भएका छन्। पोखरामा उनीहरूको ब्यान्डको तेस्रो प्रस्तुति हुनेछ।
कालीप्रसाद र उनको ब्यान्ड पोखरापछि शनिबार बुटवलको द कन्सेप्ट क्लब एन्ड पबमा प्रस्तुत हुनेछ। पोखरा र बुटवलपछि कालीप्रसाद र उनको ब्यान्ड निकट भविष्यमै सुनसरी, झापा, चितवनलगायत स्थानमा प्रस्तुत हुने कार्यक्रम रहेको छ।
‘यो टुरले मेरो व्यक्तिगत उपलब्धिलाई मात्र उत्सवका रूपमा मनाउँदै छैन, यसले नेपाली संगीतको वृत्ति विकासलाई पनि उजागर गर्नेछ। हाम्रो टुरले फ्यानमाझ पुराना र नयाँ गीत पस्किनुका साथै यात्रा, करियर, गीत सिर्जनाका अविष्मरणीय क्षणलाई दर्शकमाझ प्रस्तुत गर्नेछ’, कालीप्रसादको भनाइ छ।
प्रतिक्रिया