केन्द्रीय कारागार अस्पतालबाट बिदाई लिए डा. बुढाथोकीले अबको नेतृत्वमा डा. रावल

9.12k
Shares

काठमाडौं ।

डा. प्रकाश बुढााथोकी २ वर्ष २ महिना अर्थात २६ महिना केन्द्रीय कारागार अस्पतालको प्रमुखका रुपमा रही अस्पतालको प्रशासनिक, आर्थिकका अतिरिक्त बहिरंग,अन्तरंग,आकस्मिक,बिशेषज्ञ सेवा विस्तार गर्दै आउनु भएको थियो ।

उहाँ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता समेत हुनुहुन्छ । डा.बुढाथोकी स्वास्थ्य सेवा बिभाग, गृह मन्त्रालय तथा कारागार ब्यवस्थापन बिभाग, संसदीय समिती, महान्यायधिवक्ताको कार्यालय, सर्वाेच्च अदालत लगायत सवैतिर कैदीबन्दीको स्वास्थ्यको वार्डेन बन्दै समग्र कारागार स्वास्थ्यको महत्व र पैरवी गर्दै आउनुभएको थियो । उहाँकै कारण कैदीबन्दी,कारागार अस्पताललाई हेर्ने हेराई,बुझाई फेरिएको बताउनुहुन्छ ।


उहाँ भन्नुहुन्छ-अस्पताल र मेरो आज जुन नाम,सम्मान प्राप्त भएको छ , त्यसमा यहाहरु सवैको सहयोग, सदभाव र समन्वयमा संभव भएकाले यहाँहरु सवैलाई हार्दिक धन्यवाद दिन चाहन्छु । अबको प्रमुख डा. मनिषा रावललाई पनि म भन्दा बढी सहयोग गर्नुहुनेछ भन्ने बिश्वास लिएको छु ।


निजामती तथा स्वास्थ्य सेवा ऐन र नियमावलीले दिएको ब्यवस्थालाई सदुपयोग गर्दे नयाँ प्रमुखलाई यस अस्पतालको अवस्था,ब्यवस्था, हुने गर्ने सवै नियमित बैठक,कार्यदल बैठक,सरोकारवालाहरुसंग बैठकमै राखेर अद्याबदिक गर्ने काम गरेको छु । यहाँबाट उठेका,योजनामा भएका सवै फाईल,कार्यक्रमहरुको बारेमा जानकारी दिईसकेको छु । म पनि सरुवा भई स्वास्थ्य मन्त्रालयमै गएकाले फोन मात्र नभई भेटेर समेत सहयोग गर्न सकिने भएकाले मलाई पनि अस्पतालको शुभचिन्तक संझेर,सहयोग लिन सम्पुर्ण परिवारलाई अनुरोध गर्दछु भन्नुभयो ।

अस्पतालमा मेरो २ वर्षे कार्यकालमा सुधारका केहि नवीनतम प्रयास

– मिति २०८१-११-०१ गते देखि कैदी-बन्दीहरूलाई स्वास्थ्य बीमामा आवद्ध गराउन सफल भई हाल ९३३ जना कैदी-बन्दी सेवाग्राहीलाई स्वास्थ्य बीमा सेवामार्फत उपचार गराई राखिएको छ । थप ५०० कैदीबन्दी तथा पहिले गरिएका ७५० बिमितको नवीकरण भईरहेको छ ।

– पक्राउ पुर्जी-थुनुवा पुर्जीका आधारमा स्वास्थ्य बीमामा आवद्ध गराउन कारागार नियमावलीमा बुदा थापिएको छ र यो नियमावली पारित हुने प्रक्रियामा रहेको छ ।
– हाल २६ ओटा अस्पताल-स्वास्थ्य संस्था-प्रयोगशालासंग सम्झौता भई प्रयोगशाला परीक्षण र प्रेषण सहज,सरल,फास्टट्रयाक,क्रेडिट बिल बनाइएको छ,दायरा विस्तार गर्न सफल भएको छ्र । साथै, २४ घण्टा प्रेषणको व्यवस्था गरिएको छ ।
— मापदण्ड र संझौताको मापदण्ड र प्रारुप तयार भएकाले आवश्यकता अनुसार थप स्वास्थ्य संस्थासंग सेवा करारका लागी प्रक्रिया चलिराखेको अवस्था छ ।
— कैदीबन्दीहरुलाई बिशेषज्ञ तथा बिशिष्टिकृत सेवा प्राप्तीका लागी प्रेषण अस्पतालका रुपमा नेपाल प्रहरी अस्पताल र शसस्त्र प्रहरी बल अस्पतालसंग सम्झौता गर्न संगठन प्रमुखहरुसंग छलफल भईसकेको र संझौता प्रक्रियामा रहेको छ ।
– २०७९ मंसीरबाट एम्बुलेन्स सेवा र २०८०-०४-०१ गते देखि विधिवत रुपमा २४ घण्टा नै आकस्मिक सेवाको सुरुवात तथा सुचारु र प्रेषण गरिएको छ । आकस्मिक कक्षामा छुट्टै शैया,जनशक्तिको व्यवस्था तथा आकस्मिक उपकरण र औषधिको पनि पर्याप्त व्यवस्था गरिएको छ ।
– बिशेषज्ञ चिकित्सकहरु आन्तरिक करार तथा छात्रवृत्ति करार मार्फत अनबरत जनरल मेडिसिन, चर्मरोग,दन्तरोग,आंखा रोग,रेडीयोलोजी,मेडिकल जर्नलिष्ट,महिला तथा प्रसुती सेवा र मानसिक सेवा लगायतका विशेषज्ञ सेवा उपलब्ध गराई राखिएको छ ।
– वायोमेडिकल ईन्जिनियर र ओभरसियरको व्यवस्था गरि नियमित निरिक्षण,मर्मतसंभार,काम नलाग्ने सामाग्रीहरुको लगत संकलन तथा बोलकबोल लिलामी गरिसकिएको छ । जस्ले टेन्डर,स्पेसीफिकेसन निर्माण र लिलामी प्रक्रिया नियमित बनेको छ ।
– अस्पतालमा स्वास्थ्यकर्मी स्वास्थ्य मन्त्रालयबाट र अस्पताल,प्रशासन गृह मन्त्रालयबाट भएकाले समन्वय र सहकार्यका लागी २०७९ फागुन २१ गते दुवै मन्त्रालयका सचीवज्यु र उच्च अधिकारीसंगको बैठक राखीयो । दुवै मन्त्रालय र बिभागमा यस अस्पतालको चर्चा परिचर्चा भयो । जसबाट ५ सदस्यीय अन्तरमन्त्रालय कार्यदल गठन गर्न सफल भईयो ।
— गृह मन्त्रालय तथा स्वास्थ्य मन्त्रालयबीच गठित अन्तरमन्त्रालय कार्यदललाई सदस्य सचिवको सक्रिय भूमिकामा प्रभावकारी बनाउने प्रयासस्वरुप हाल सम्म जम्मा ५ वटा बैठक सम्पन्न भई विभिन्न निर्णय गरि अधिकांश कार्यान्वयन भएका छन । बाँकी केहि बु“दाहरु सम्बन्धित निकायसमक्ष पेश गरिसकिएको छ भने ती सुझावहरुमा आवश्यक प्रक्रिया पनि अगाडी बढाइसकिएको अवस्था छ्र ।
— विभिन्न चरणमा केन्द्रीय कारागार अस्पतालको संगठन ब्यवस्थापन सर्भे गरि ५० शैयामा स्तरोन्नति गर्ने तथा क्षमता विस्तार र भौतिक पूर्वाधार बिस्तारको प्रयास पनि हाल सम्म जारी नै रहेको छ्र । हालको स्थानलाई लोकतान्त्रिक सग्रहालय घोषणा भएकाले र अस्पताललाई नुवाकोट स्थान्तरण गर्ने भनि भएको निर्णयलाई कार्यान्वयनमा लग्दा आउनसक्ने जटिलताका बारेमा सम्मानीय प्रधानमन्त्री,निवर्तमान प्रधानमन्त्री तथा प्रतिपक्ष दलका अध्यक्षहरुसंग भेटघाट गरिएको छ । जस्मा केन्द्रिय अस्पताल काठमाण्डौमै राख्न,सेवा सुविधा विस्तार गर्न र केहि बिशेष तथा बिशेषज्ञ र बिशिष्टिकृत सेवा थप गर्नेमा सहमत भएको छ ।
– ३० शैयाको रुपमा स्वीकृति प्राप्त तर ५० शैयासम्म संञ्चालित यस केन्द्रीय कारागार अस्पताललाई दुई वटा छुट्टा छुट्टै पुरुष,महिला,सामान्य र मानसिक तथा आईसोलेसन वार्ड,स्तनपान कक्ष,गुनासो पेटिका लगायतका सेवाहरु संचालन गरि पूर्ण क्षमतामा संचालन गरिएको छ्र ।
— नख्खुस्थित मनोसामाजिक बन्दी अस्पताल सञ्चालनका लागी विकल्पसहित योजना पेश भएको छ र हाल बहिरंग तब छिट्टै अन्तरंग सेवा सहित सञ्चालनमा आऊदैछ ।
— मानसिक रोगको उपचारमा बिशेषज्ञ चिकित्सकको सेवाका साथै अत्यन्त महत्त्वपूर्ण भूमिका खेल्ने ईईजी तथा ब्रेन म्यापीड,मनोपरामर्श सेवाको सुरुवात गरि नियमित संचालन गरिएको छ्र ।
– हाल अस्पतालमा ईएमआर डिजिटल सिस्टम जडान भई सुचारु भईसकेको अवस्था छ भने निकट भबिस्यमा कागजात बिहिन अर्थात पेपरलेसमा जाने सम्बन्धि गृहकार्य अन्तिम चरणमा छ ।
– नियमितरुपमा विभिन्न सुधार गृहहरुमा अस्पतालमा नभएका अतिरिक्त सेवा तथा आ“खा,दां“त, नसर्ने रोग, सरुवा रोग, मानसिक स्वास्थ्य तथा प्रवर्धनात्मक स्वास्थ्यका शिविरहरु पनि संचालन गरि राखिएको छ ।
— योग,खानेपानी, खानेकुरा,ब्यक्तिगत तथा बाताबरण सरसफाइ,जीवनशैर्ली आदि स्वास्थ्यका सामाजिक निर्धारक कुरामा पनि यि र यस्ता शिविरहरुमा जोड दिने गरिएको छ ।
– गृह मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, कारागार व्यवस्थापन विभाग, कारागार प्रशासक, अस्पताल नाइके, सुरक्षाकर्मी, अस्पताल कर्मचारीहरु तथा अन्य सरोकारवाला निकायहरुसंग निरन्तर तथा नियमित बैठक,संवाद तथा समन्वय गरिएको छ ।
— देशभर रहेका कारागारहरुमा विभिन्न समयमा नियमित अनुगमन, निरीक्षण, पृष्ठपोषण गरि कैदी-बन्दीको स्वास्थ्य उपचारलाई सहजीकरण र सरलीकरण बनाउने प्रयास पनि जारी राखिएको छ ।

— जस्ले देशभरका कारागार कार्यालयका स्वास्थ्यकर्मीहरु,कारागार प्रशासकहरुसंग सञ्चार स्थापना,समन्वय गर्न तथा अस्पताललाई सवै कारागार र कैदीबन्दीको स्वास्थ्यको फोकल कार्यालय केन्द्रिय अस्पतालका रुपमा स्थापीत,सम्मानीत बनाउन सकिएको छ ।
— हिजो कारागार ऐनमा स्वास्थ्यका केहि बुदा राख्न सकियो र भोली निकट भविष्यमै आऊने कारागार नियमावलीमा धेरै बुँदाहरुमा थप स्पष्ट भएर आउने गरी ब्यवस्था गरिएको छ । हाम्रो जिम्मेवारी,दायरा बढने भएकाले त्यहि अनुसार गृहकार्यगर्न पनि अनुरोध गर्दछु ।

उक्त विदाई तथा स्वागत कार्यक्रममा अस्पतालका कर्मचारीका अतिरिक्त कारागार कार्यालयका प्रशासक,स्वास्थ्यकर्मी,अनाश्रीत प्रहरी गुल्मका डिएसपी र अधिकृत प्रहरीहरु,सुधार गृहका चौकिदार,अस्पताल नाईके,भाई नाईकेहरुले टिका,खाता र चिनो सहित बिदाई गरेका थिए ।

यस अघि कार्तिक २६ गते गृह मन्त्रालय तथा कार्तिक २५ गते कारागार ब्यवस्थापन बिभागमा स्वागत तथा धन्यवाद कार्यक्रम आयोजना भएको थियो । श्रीमान गृह सचिव गोर्कणमणी दुवाडिले सिमित श्रोत र साधनका बाफजुद मनोईच्छाले पनि गृह मन्त्रालयका नीती तथा कार्यक्रममा परेका र माईलस्टोनमा रहेका कारागार सम्बन्धी काम उच्चतम समन्वयकारी गर्दे धेरै काम गर्न सफल भएकोमा धन्यवाद दिदै सरुवा भएको नया स्थान स्वास्थ्य मन्त्रालयबाट निरन्तर सहयोगको आशा ब्यक्त गर्नुभयो ।

गृह प्रशासनका लागी लामो २ बर्ष भएपनि स्वास्थ्यका लागी छोटो समय २ बर्षमा नीतिगत,संरचनागत तथा कार्यगतरुपमा दिगोरुपमा सकारात्मक असर पार्ने र सक्षम उत्तराधिकारी समेत तयार गर्नु भएकोमा मन्त्रालय आभार ब्यक्त गर्दछ । त्यस्तै महानिर्देशक नारायण भट्टराईले २ मन्त्रालयको तेहोरो जिम्मेवारीमा रहदा पनि कारागार अस्पतालमा कुनै कमी महशुष नगराएको,जनतादेखी नीतिनिर्मातासम्म भिज्न र काम गर्नसक्ने,सिमित श्रोतको पनि अधिकतम प्रयोग गर्नसक्ने,उत्तराधिकारी तयार पारेर धन्यवाद लिने र स्वास्थ्यको कर्मचारी भएपनि गृह प्रशासनसंग गृहकै क्याडरजस्तै सजिलै कार्य गर्नसक्ने लगायतका गुणहरु हामीले सिक्न पर्ने बताउनु भयो ।

नयाँ कार्यस्थल स्वास्थ्य मन्त्रालयमै रहेकाले निरन्तर सहयोग र सहकार्यको अपेक्षा राखेको बताउनु भएको थियो । नया प्रमुखलाई डा. बुढाथोकीले शुरु गरेका सुधारका कार्यहरुलाई निरन्तरता दिन र त्यसमा गृह प्रशासन सवै सहयोगी रहने बताउनु भएको थियो ।