काठमाडौं ।
लामो अघिदेखि नेपाली लोक गीत संगीतको क्षेत्रमा सक्रिय लोकगायक बलवीर थापा रक्त क्यान्सरबाट पीडित भएका छन्।
उनले आफ्नो उपचारमा आर्थिक सहयोग अभाव भएपछि सहयोग गर्न अपिल गरेका छन्।
नेपाल प्रहरी अस्पतालमा उपचार गराइरहेका उनी यतिबेला भारतको दिल्लीमा उपचार गराइरहेका छन्। उपचारका लागि आफ्नो आर्थिक अवस्थाले सहज नभएपछि उनले सहयोगको अपिल गरेका हुन्। थापाको उपचारका लागि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले सहयोग जुटाउन शुरू गरेको छ।
प्रतिष्ठान अध्यक्ष रीता थापामगरले प्रतिभाका धनी थापाका लागि आफूले संस्थागत रूपमा मिल्ने जति सहयोग गरेको र व्यक्तिगत तथा थप सहयोगका लागि जुटेको बताइन्।
तनहुँ घर भएका थापाले विष्णु माझीका साथ तिमीबिना एक्लै भाछु म, बिमाकुमारी दुरासँग गाएको मायाको भिकारी, चिठ्ठी फिर्ता लेउ, लक्ष्मी न्यौपानेसँगको लाज मानेरजस्ता गीत चर्चित छन्।
प्रतिक्रिया