एजेन्सी ।
पछिल्लो समय बलिउड कलाकारलाई लगातार ज्यान मार्ने धम्की आइरहेका कारण बलिउड त्रसित छ। केही समयअघि अभिनेता सलमान खानलाई पटकपटक ज्यान मार्ने धम्कीपछि बलिउडका अर्का खान शाहरुख खानलाई पनि ज्यान मार्ने धम्की आएको थियो।
हालै मुम्बईं प्रहरीले शाहरुखलाई धम्की दिने आरोपीलाई पक्राउ गरेको छ। छत्तीसगढबाट पक्राउ परेका ती व्यक्तिलाई सोधपुछ भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
गतनोभेम्बर ५ मा बान्द्रा पुलिस स्टेसनमा एक अज्ञात व्यक्तिले फोन गरेर अभिनेता शाहरुखलाई ज्यान मार्ने धम्कीस“गै ५० लाख भारतीय रुपियाँ फिरौती मागेका थिए। त्यसपछि मुम्बईं पुलिस आरोपीको खोजीमा लागेको थियो।
प्रहरीले छानबिनका क्रममा छत्तीसगढको रायपुरबाट फैजान नामका व्यक्तिको नम्बरबाट फोन गरेको खुलेपछि उनलाई त्यसको भोलिपल्ट मुम्बईंका तीन प्रहरी अधिकारी रायपुर पुगेर पक्राउ गरेका थिए। सोधपुछका क्रममा पेसाले वकिल रहेको बताउने फैजनले आफ्नो फोन २ नोभेम्बरमा चोरी भएको र आफूले रायपुर प्रहरी चौकीमा लिखित उजुरी दिएको बताएका छन्।
प्रतिक्रिया