काठमाडौं ।
अनेरास्ववियुले त्रिवि सुधारको रुपान्तरण अभियान अगाडि बढाएको छ ।
अनेरास्ववियुले त्रिविमा कार्यरत आंशिक शिक्षकलाई स्वत: स्थायी गर्ने विषय खारेज गर्न माग गरेको हाे ।
त्रि.वि सेवा आयोगमार्फत लेक्चरर र कर्मचारीको नयाँ विज्ञापन तत्काल प्रकाशन गर्न माग गरेको छ भने रिक्त डिनलगायतका पदाधिकारी नियुक्तिलगायतको माग राखेर अनेरास्ववियुले अभियान अघि बढाएको छ।
यस्तै पाठ्यक्रम विकास केन्द्रमा हुने चरम लापरवाही, ढिलासुस्ती र बेतिथीको अन्त्य गरी अनावश्यक प्रक्रिया परिमार्जन गर्न माग गरेकाे छ ।
यस्ता छन् मागहरु:
त्रिवि अन्तर्गतका परीक्षा नियन्त्रण कार्यालय, पाठ्यक्रम विकास केन्द्र तथा समग्र त्रि वि सुधारका ११ बुँदे माग राख्दै अनेरास्ववियुले त्रिवि सुधारकाे रुपान्तरणकाे अभियान अगाडि बढाएकाे छ ।
मागहरुः
➤त्रि.वि मा कार्यरत आंशिक शिक्षकलाई स्वत: करार गर्ने प्रक्रिया खारेज गर ।
➤त्रि.वि सेवा आयोग मार्फत लेक्चरर र कर्मचारीको नयाँ विज्ञापन तत्काल प्रकाशन गर ।
➤त्रि.वि सेवा आयोगको परीक्षा सञ्चालनका लागि सबै आवश्यक व्यवस्था सुनिश्चित गर ।
➤ विभिन्न संकाय तथा संस्थानका डिन, कार्यकारी निर्देशक, विभागीय/क्याम्पस प्रमुख पदको सबै नियुक्ति प्रक्रिया सार्वजनिक गर, पारदर्शिता कायम गर।
➤त्रि.वि मा महिनौं देखि रिक्त रहेका डिन लगायत पदहरूको यथाशीघ्र नियुक्ति गर ।
➤ त्रि. वि. को विद्यमान अवस्था (शैक्षिक, प्राज्ञिक र प्रशासनिक) सुधार र व्यवस्थित नभएसम्म नयाँ पुराना कार्यक्रमको सम्बन्धनको प्रक्रिया खारेज गर ।
➤विद्यार्थीहरुको उत्तर पुस्तिकामा चरम लापरबाही गर्ने परीक्षा नियन्त्रक लगायतलाई यथाशीघ्र कारबाही गर, परीक्षा नियन्त्रण कार्यालयलाई प्रविधिमैत्री बनाइ अनलाइन प्रणाली सूचारु गर, पनिका को सेवा प्रवाहमा हुने अनावश्यक प्रक्रिया परिमार्जन गर ।
➤पाठ्यक्रम विकास केन्द्रमा हुने चरम लापरवाही, ढिलासुस्ती र बेतिथीको अन्त्य गर, ४८ घण्टा भित्र सेवा प्रवाह गर, अनावश्यक प्रक्रिया परिमार्जन गर।
स्नातकोत्तर तहमा शोध अनुदान (Master Research Support, M. Phil Research Support) को संख्या र रकम बढाउन, विश्वविद्यालयहरुमा विद्यावारिधि (PHD) गर्दै गरेका विद्यार्थीहरुलाई दिइने PHD Fellowship को संख्या र मासिक Stipend बढाउन UGC लाई प्रभावकारी पहलकदमी गर। रोकिएका अनुदान परिमार्जन गरी पुन: सुचारु गर ।
उत्कृष्टता, क्षमता र अनुसन्धान प्रस्तावलाई आधार मानी स्नातकोत्तर तह भर्खरै सकेका सबै संकायका विद्यार्थीहरुलाई Assistant Junior Research Fellowship मासिक Stipend को व्यवस्था गर । -विश्वविद्यालय भित्र रहेका व्यवसायिक प्रयोजनका सबै संस्था हटाई सबै सम्पत्तिको संरक्षण गर ।
यसअघि राखिएका हाम्रा सबै मागहरु सम्बोधन गर।
अनेरास्ववियु त्रि.वि. जिल्ला कमिटी,कीर्तिपुर
अध्यक्ष
सिद्धान्त भट्ट
प्रतिक्रिया