फिरफिरे फिरिरी अब माघमा


काठमाडौं ।

विन्ध्यवासिनी क्रियसन प्रालिको ब्यानरमा निर्मित फिल्म फिरफिरे फिरिरी अब माघ महिनामा मात्र रिलिजमा आउने भएको छ।
नवीन भट्टको निर्देशनमा तयार भएको फिल्मबाट सन्दीप श्रेष्ठ र भावना उप्रेतीले डेब्यु गरेका छन् भने रविना केसी, पिटर प्रिन्स, मनोजकुमार अधिकारी, शंकर सेढाई, सूर्यमान लिम्बू, पुष्प अवस्थीलगायतले अभिनय गरेका छन्।

हरर कमेडी जनराको फिल्ममा निर्देशक भट्ट र सन्दीप श्रेष्ठको स्क्रिप्ट, प्रशान्त सिवाकोटीको संगीत, केशवराज भट्टको कोरियोग्राफी, एलिस कार्कीको पाश्र्व संगीत, जितु तामाङको छायांकन,र अनन्त घिमिरेको सम्पादन रहेको छ।

विन्दवासिनी क्रियसनको ब्यानरमा मनोजकुमार अधिकारीद्वारा निर्मित फिल्ममा नितिश पुन सहनिर्माता रहेका छन्।