काठमाडौं ।
अभिनेता विपिन कार्कीले दुई पुस्ताको दोहोरो भूमिकामा अभिनय गरेको फिल्म तेल भिषाको शुक्रबार राजधानीमा सम्पन्न एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक गरिएको छ।
सार्वजनिक ट्रेलरमा आफ्नो उज्ज्वल भविष्यको खोजीमा विदेसिएको युवा र उसको स्वदेशमा रहको पारिवारिक र सामाजिक कथा प्रस्तुत गरिएको छ। तीन मिनेट ३६ सेकेन्ड रन टाइमको ट्रेलरले सुत्केरी बुहारी स्याहार्न नेपालबाट अमेरिका पुगेकी एक सासूको कथा र व्यथा समेटिएको छ।
फिल्ममा अभिनेता विपिन कार्की दोहोरो भूमिकामा छन्। एकातिर उनी नेपालमा रहेका पिताको भूमिकामा छन् भने अर्कोतिर अमेरिकामा रहेका छोराको भूमिकामा छन्। बुहारी बनेकी वर्षा राउत गर्भवती भएपछि उनलाई स्याहार्न सासू बनेकी अभिनेत्री पूजा लामा अमेरिका पुग्छिन्।
अमेरिका पुगेपछि उनी कानुनी समस्यामा पर्छिन्। फिल्मको ट्रेलर विदेसिएका छोरा बुहारी बुहारी तथा छोरा बुहारीको हुनेवाला सन्तान स्याहार्न अमेरिका पुगेकी सासू तथा गाउँमा रहेको पिताको कथा ट्रेलर भन्छ। ट्रेलरमा अर्की अभिनेत्री ऋचा घिमिरे वकिलको भूमिकामा देखिएकी छन्।
शंकर घिमिरेले लामो सयमको अन्तरालपछि निर्देशन गरेको फिल्ममा विपिन कार्की, वर्षा राउत, पूजा चन्द र ऋचा घिमिरेका साथमा बुद्धि तामाङ, फ्रान्सिस शेरमन, ज्याक बेल, सुचित्रा उप्रेती, अनील पाण्डे, प्रेम पाण्डेलगायत कलाकारले अभिनय गरेका छन्। फिल्म अमेरिकाको मेरिल्याड र नेपालका विभिन्न क्षेत्रमा फिल्म खिचिएको छ।
फिल्म वेलडन क्रिएसनको ब्यानरमा अनील पाण्डे र शिवराज कार्कीद्वारा निर्मित फिल्ममा लेखन निर्देशक शंकर घिमिरे, संगीत आशिष अविरल, कल्याणसिंह र कृष्ण भारद्वाज, गायन आशिष अविरल, अन्जु पन्त, शान्तिश्री परियार, साइराज खाती र निशान भट्टराई, कोरियोग्राफी रामजी लामिछाने, कला निर्देशन एमी बुकलेर श्रेष्ठ र अर्जुन पौडेल, छायांकन शुसन प्रजापति र सम्पादन अन्जय खड्काको रहेको छ।
प्रतिक्रिया