रोजमान र निशाको मखं त्वाः या ग्वाः


काठमाडौं ।

गायक रोजमान महर्जन र गायिका निशा देशारको स्वरमा नेपाल भाषाको गीत मखं त्वाः या ग्वाः पछिल्लो समय निकै चर्चामा छ।
नेवारी समुदायमात्र नभई अन्य समुदायबीच चर्चित यो गीतले पछिल्लो समय सामाजिक सञ्जाल पिटेको छ।

करिब तीन साताअघि गायक रोजमानको अफिसियल युट्युब च्यानलमार्फत रिलिज भएको यो भिडियोलाई हालसम्म १८ लाख पटक हेरिएको छ। गीतमा रोजमानकै शब्द र संगीत रहेको छ।

गीतमाथि बनेको रमाइलो भिडियोलाई आसुतोष बाहारीले निर्देशन गरेका छन्।गीतको भिडियोमा रोजमानकी शिष्यसमेत रहेकी अभिनेत्री सृष्टि श्रेष्ठस“गै मनोज महर्जन, जेनिश शाक्य, अर्पण तामाङ, नितेश तण्डुकार, किमसन महर्जन, इरा महर्जन, संजना महर्जन, आतुषोत बाहारीलगायतले अभिनय गरेका छन्।

गायक, संगीतकार तथा गीतकार रोजमानकी शिष्यसमेत रहेकी अभिनेत्री सृष्टिले गुरुदक्षिणास्वरुप यो गीतको भिडियोमा अभिनय गर्दै अभिनयमा प्रवेश गरेको नौ वर्षपछि पहिलो पटक नेवारी गीतमा अभिनय गरेकी हुन्। एक फिल्मका लागि धिमे बाजा सिक्ने क्रममा सृष्टिको भेट रोजका साथ भएको थियो।

३० वर्षअघिको परिवेश, रहनसहन र संस्कृतिमा आधारित रहेर निर्माण गरिएको गीतकोे भिडियाको छायांकनका लागि तीन दिन लागेको थियो। रोजमान र निशाको स्वर रहेको ऐला बोलको नेवारी गीतले पनि दर्शकको मनमा राज गर्न सफल भएको थियो।