काठमाडौं ।
त्रिभुवन विश्वविद्यालयमा कार्यरत आंशिक करार शिक्षकहरूले कात्तिक ३० गतेदेखि विश्वविद्यालय ठप्प पार्ने चेतावनी दिएका छन् । गत साउन १८ गते आंशिक प्राध्यापक संघसँग भएको सहमति कार्यान्वयन नगरिएको भन्दै उनीहरूले यस्तो चेतावनी दिएका हुन् ।
त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगले कात्तिक ३० गते उपप्राध्यापक पदको परीक्षा सञ्चालन गर्दै छ । सेवा आयोगले २०७७ सालमा आह्वान गरेका उपप्राध्यापक पदको विज्ञापन अनुसार परीक्षा सञ्चालन गर्न लागेको हो । त्यो बेला ५८१ जना उपप्राध्यापक पदका लागि विज्ञापन आह्वान गरेको थियो।
आंशिक शिक्षकहरूले उक्त परीक्षा रोकेर आफूहरूलाई करार बनाउने प्रक्रिया अगाडि बढाउन माग गरेका हुन् । विश्वविद्यालय खुला प्रतिस्पर्धामार्फत शिक्षक भर्ना प्रक्रिया अगाडि बढाउने पक्षमा रहेको त्यसका लागि सेवा आयोगले परीक्षा सञ्चालन गर्न लागेको छ।
प्रतिक्रिया