रौतहट ।
रौतहटको कटहरिया नगरपालिकास्थित सिजन २ मेयर कप टि–२० नक आउट क्रिकेट टुर्नामेन्ट प्रतियोगिता सुरु भएको छ ।
शुक्रवार एक समारोहका बिच कटहरियाका मेयर अजय प्रकाश जयसवालले ब्याटिङ गरेर प्रतियोगिताको उद्घाटन गरेका हुन्।
उद्घाटन कार्यक्रममा मेयर जयसवालले खेलको माध्यमले हाम्रा गाउँ घरका खेलाडीहरु अन्तरास्ट्रिय स्तरमा नेपालको नाम चिनाउन सफल भएकाले खेल र खेलाडीमा स्थानीय सरकार र जनप्रतिनिधीहरुले लगानी गर्नु पर्ने आवश्यक्ता औँल्याएका थिए ।
प्रतियोगितामा आज पहिलो दिनको खेल गरुडा क्रिकेट क्लब र बारा सिम्रोनग्ढ क्रिकेट टिम बिच भइरहेको छ ।
कुल ८ वटा टिम सहभागी हुने प्रतियोगितमा कात्तिक १७ गते कटहरिया र गौर टीम बीच प्रतिस्पर्धा हुने छ । त्यस्तै कार्तिक १८ गते युसिसि क्लब बिरगंज र पेस फाउन्डेसन जनकपुरधाम , कात्तिक १९ गते चन्द्रनिाहपुर र हेटौंडा क्रिकेट टिमबिच खेल हुने आयोजकले जनाएको छ ।
सिजन २ को मेयर कप टी–२० नक आउट क्रिकेट प्रतियोगितामा प्रथम हुने टिमलाई नगद ५५ हजारसहित शिल्ड मेडल, दोस्रो हुने टिम ३१ शिल्ड मेडल पुरस्कार प्रदान गरिने आयोजक कटहरिया नगरपालिकाले जनाएको छ ।
कटहरिया नगरपालिकाको आयोजनामा २०८० सालदेखि मेयर कप टी–२० नक आउट प्रतियोगिता हुँदै आएको छ ।
-सञ्जय मिश्रा
प्रतिक्रिया