ममताले ल्याइन् डिम्पल सुहाउने


काठमाडौं ।

ममता नेपालीको स्वरमा डिम्पल सुहाउने बोलको गीत सार्वजनिक गरिएको छ। ममतालाई टेक विसीले स्वरमा साथ दिएको गीत भिडियोसहित सार्वजनिक गरिएको हो।

भीम विसीको शब्द र संगीत, केशव बडूको म्युजिक रेकर्ड एवं श्यामश्वेत रसाइलीको मिक्सिङ/मास्टरिङ रहेको गीतको भिडियोमा विक्रम चौहानको निर्देशन र कोरियोग्राफी रहेको छ।

भिडियोमा सुन्दर घलान र आश्मा विश्वकर्मालाई फिचरिङ गरिएको छ। पवन सुशलिङ र टिमको छायांकन रहेको गीतको भिडियोमा मनोज कार्कीको सम्पादन र कलर रहेको छ।

गीतको भिडियो साइराम पिक्चर्सको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। ‘यो गीत मेरो आफ्नोभन्दा पनि बढी आमाको र स्वर्गीय मामाको सपना थियो, जुन अहिले पूरा गर्ने सानो प्रयास गरेकी छु,’ ममता भन्छिन्।