काठमाडौं ।
डेनिला कार्की राजधानीमा सम्पन्न विवाहित महिलाहरूको सौन्दर्य प्रतियोगियोगितामा मिसेस नेपाल वर्ल्ड २०२४ भएकी छन्।
कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न अन्तिम प्रतिस्पर्धामा २८ प्रतिस्पर्धीलाई पछि पार्दै डेनिलाले उपाधि चुमेकी हुन्।
उनले उपाधिसँगै लुयान स्कुटर प्राप्त गरेकी छन् भने आगामी जनवरीमा अमेरिकामा हुने मिसेस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुने अवसर पनि हासिल गरेकी छन्। प्रतियोगितामा एलिना घिमिरे फस्ट, किरण कार्की सेकेन्ड र अनु कार्की थर्ड रनर्सअप भएकी छन्।
त्यसैगरी मिसेस नेपाल इन्टरनेसनलको उपाधि सुयशा राउतले प्राप्त गरिन् भने एमएस नेपाल इन्टरनेसनलको उपाधि रेश्मा घिमिरेले जितिन्। यी दुई विजेताले सिंगापुरमा हुने मिसेस इन्टरनेशनल र एमएस इन्टरनेशनल प्रतियोगितामा नेपालको तर्फबाट सहभागिता जनाउन पाउनेछिन्।
समारोहमा लोकप्रिय हास्य अभिनेत्री वसन्धुरा भुषाललाई ६ दशकदेखि नेपाली फिल्म क्षेत्रमा योगदान पुर्याएवापत मानार्थ मिसेस नेपाल वल्र्डबाट सम्मानित गरियो। वसुन्धराको सम्मानमा उनका आधा दर्जन गीतमा नृत्य प्रस्तुत गरिएको थियो।
रिबन इन्टरटेनमेन्टद्वारा आयोजित प्रतियोगितामा माया लामा पब्लिक च्वाइस र फेसबुक च्वाइस, नानु सिंह भिवर्स च्वाइस, मस्ट ट्यालेन्ट र मल्टी मिडिया च्वाइस्, अनु कार्की बेस्ट हेयर, सारा तामाङ हेल्दी स्किन, सुयसा राउत बेस्ट र्याम्प वाक, नेहा कर्ण बेस्ट स्माइल, अम्बिका गौतम मस्ट डिसिप्लेन, एलिना घिमिरे मिसेस कन्जिनियालिटी, किरण कार्की ब्युटी विथ कम्पासन, सिर्जना ब्यन्जनकार बेस्ट पर्सनालिटी, सृष्टि अर्याल बेस्ट फिजिक, सिमरन कार्की फेस्न आइकन, सुशीला केसी दाहाल मस्ट क्रियटिभ, सिर्जना श्रेष्ठ बेस्ट स्प्रिचुअल डान्स, सहारा तिमल्सिना अर्याल फोटो जेनिक र प्रगति श्रेष्ठले म्यानेजमेन्ट च्वाइस उपाधि प्राप्त गरे।
प्रतियोगिताको मुख्य निर्णायकमा अुनराधा कोइराला, निर्णायकमा सञ्चारकर्मी भाष्कारराज राजकर्णिकार, अभिनेता धिरेन शाक्य, हास्य अभिनेता केदारप्रसाद घिमिरे, अधिवक्ता जेनिश पहारी, अभिनेत्री उषा रजक, श्रीकेश तेलका अध्यक्ष टिकाराम बुढाथोकीलगायत थिए।
प्रतियोगितामा अश्विनीकान्त झाले कोरियोग्राफी, ऐना गजुरेलले सहकोरियोग्राफी रानी खरेल र सम्राट शाहले संयोजन तथा गंगा महर्जनले व्यवस्थापन गरेका थिए।
प्रतिक्रिया