बराबरीमा रोकिए आर्सनल र लिभरपुल, सिटीलाई फाइदा


काठमाडौं ।

आर्सनल र लिभरपुल बराबरीमा रोकिएका छन्। इङलिश प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा आर्सनल र लिभरपुल २-२ गोलको बराबरीमा रोकिएका हुन्।

यस खेलमा आर्सनलका लागि बुकायो साका र मिकेल मेरिनोले एक एक गोल गरेका थिए भने लिभरपुलका लागि भिर्गिल भान डाइक र मोहमद सलाहले एक एक गोल गरेका थिए।

यो बराबरीको फाइदा भने म्यानचेस्टर सिटीलाई भएको छ। लिभरपुल बराबरीमा रोकिएसँगै सिटी लिगको शीर्ष स्थानमा कायम रहेको छ। सिटीको ९ खेलमा २३ अंक रहेको छ।

त्यस्तै यो बराबरीपछि लिभरपुलको ९ खेलमा २२ अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ भने आर्सनलको ९ खेलमा १८ अंक रहेको छ र लिगमा तेस्रो स्थानमा रहेको छ।