मैथिली गीत सार्वजनिक


काठमाडौं ।

त्रिकोण इन्टरटेनमेन्टको प्रस्तुतिस्वरुप माने ना जिया बोलको मैथिली गीत सार्वजनिक गरिएको छ। सुमित मलिक र कृशला चौधरीले गाएको गीतको बोल श्यामकिशोर मण्डलले लेखेका हुन् भने प्रशान्त अरविन्दले थप शब्द समेटेर गीतलाई जीवन्तता दिएका छन्।

सुमित मलिकले नै गीतलाई कम्पोज अनि गरेका छन्, र सुयोग महतोको संगीत संयोजन रहेको छ। काजल कर्ण र राजीव समरको जोडीलाई गीतको भिडियोमा अनस्क्रिन रोमान्स, संघर्ष र प्रेम देखाइएको छ। मन्दिरको पेटीमा बसेर फुलपाति बेच्नेको चरित्रमा देखिएकी काजलस“ग राजीव समरको प्रेमको कथा भिडियोमा देखाइएको छ।

ठूलो क्यानभासको सिनेमामा समेत कोरियोग्राफी गरेका समरले केही म्युजिक भिडियो निर्देशन गरेका छन्। रियालिटी शो डान्सिङ विथ स्टारमा समेत उनले कोरियोग्राफी गरिसकेका छन्। त्यस्तै, काजलले पनि जिल्लामा रहेर दुई दर्जन बढी म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन्।

गीतको भिडियोमा सागर यादवको छायांकन, सुप्रिम पराजुलीको सम्पादन र कलर संयोजन रहेको छ। भिडियोमा राजीव समरको निर्देशन र कोरियोग्राफी रहेको छ।