अफगानिस्तानले जित्यो इमर्जिङ टिम्स एसिया कपको उपाधि


काठमाडौं ।

अफगानिस्तानले इमर्जिङ टिम्स एसिया कपको उपाधि जितेको छ। फाइनलमा अफगानिस्तान ‘ए’ ले श्रीलङ्कालाई ७ विकेटले पराजित गर्दै पहिलो पटक उपाधि जितेको हो।

शनिबार ओमानमा सम्पन्न फाइनल खेलमा श्रीलङ्काले दिएको १३४ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले १८.१ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । यस अघि पहिला ब्याटिङ गरेको श्रीलङ्काले २० ओभरमा ७ विकेट गुमाउँदै १३३ रन बनाएको थियो।