हालाण्डको गोलमा म्यानचेस्टर सिटी विजयी


काठमाडौं ।

इङ्लिस प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले साउथहेम्पटनलाई पराजित गरेको छ। गए राति सम्पन्न खेलमा म्यानचेस्टर सिटीले साउथहेम्पटनलाई १-० गोल अन्तरले पराजित गरेको हो।

सिटीको जितमा खेलको पाँचौँ मिनेटमा इर्लिंग हालाण्डले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो। यो जितपछि सिटीको ९ खेलमा २३ अङ्क भएको छ र लिगमा शीर्ष स्थानमा उक्लिएको छ। त्यस्तै साउथहेम्पटनको भने ९ खेलमा एक अङ्क रहेको छ र लिगमा पुछारमा रहेको छ।