साउदी लिगमा अल हिलालको अपराजित यात्रा कायमै


काठमाडौं ।

साउदी प्रो लिग अन्तर्गत अल हिलालको अपराजित यात्रा कायम रहेको छ। गए राति सम्पन्न खेलमा अल हिलालले यस सिजनको आठौँ जित हासिल गर्दै आफ्नो अपराजित यात्रा कायम राखेको छ।

अल हिलालले अल टाओउनलाई २-० गोल अन्तरले पराजित गरेको हो। अल हिलालको जितमा अलेक्सान्दर मिट्रोभिक र सेर्गेज मिलिनकोभिकले एक एक गोल गरेका थिए। यो जितपछि अल हिलालको ८ खेलमा २४ अङ्क भएको छ र लिगमा शीर्ष स्थानमा कायम छ।

अल हिलाल दोस्रो स्थानमा रहेको अल इतिहाद भन्दा ३ अङ्कले र तेस्रो स्थानमा रहेको अल नासर भन्दा ६ अङ्कले अगाडी रहेको छ। त्यसैगरी अल टाओउनको भने ८ खेलमा ११ अङ्क रहेको छ र लिगमा नवौँ स्थानमा छ।