भारतविरुद्धको टेस्ट सिरिजमा न्यूजील्याण्डको लगातार दोस्रो जित


काठमाडौँ ।

न्यूजील्याण्डले भारतविरुद्धको टेस्ट सिरिजमा लगातार दोस्रो जित हासिल गरेको छ ।

न्यूजील्याण्डले दोस्रो टेस्ट ११३ रनले जितेर सिरिजमा लगातार दोस्रो जित हासिल गर्दै सिरिज जितेको हो ।

योसँगै भारतले १२ बर्षपछि घरेलु मैदानमा टेस्ट सिरिज हारेको छ ।

यस टेस्टआ न्यूजील्याण्डले दिएको ३५९ रनको लक्ष्य पछाएको भारत २४५ रन बनाएर अल आउट भएको थियो ।

यसअघि न्यूजील्याण्डले पहिलो इनिंगमा २५९ रन बनाएको थियो भने भारतले १५६ रन मात्र बनाएको थियो । त्यस्तै न्यूजील्याण्डले दोस्रो इनिंगमा २५५ रन बनाएको थियो ।

योजितपछि न्यूजील्याण्डले ३ खेलको टेस्ट सिरिज २-० ले जितेको छ । अब सिरिजको तेस्रो टेस्ट नोभेम्बर १ देखि मुम्बईको वाङखडे स्टेडियममा हुने छ ।