फेलिक्सको दुई गोलमा चेल्सी विजयी


काठमाडौं ।

चेल्सीले युइएफए युरोपा लिग अन्तर्गत ग्रीसको क्लब पानाथिनाइकोसलाई पराजित गरेको छ। गए राति सम्पन्न खेलमा चेल्सीले पानाथिनाइकोसलाई ४-१ गोल अन्तरले पराजित गरेको हो।

चेल्सीको जितमा जोआओ फेलिक्सले २ गोल गरेका थिए भने मिखाइलो मुड्रीक र क्रिस्टोफर एनकुनकुले एक एक गोल गरेका थिए। चेल्सीको युरोपा लिगमा यो लगातार दोस्रो जित हो ।

यो जितपछि चेल्सी २ खेलमा ६ अङ्कसहित शीर्ष स्थानमा रहेको छ। त्यसै गरी पानाथिनाइकोसको २ खेलमा एक अङ्क रहेको छ र लिगमा २९औ स्थानमा रहेको छ।