शुरू भयो रंगी


काठमाडौं ।

सान्भी इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा निर्माणाधीन फिल्म रंगीको सुटिङ शुरू भएको छ। नायक सलोन बस्नेत प्रस्तुतकर्ता रहको फिल्मको सुटिङ मंगलबारबाट शुरू भएको हो।

सुरेश न्यौपानेको डेब्यू निर्देशनमा निर्माणाधीन फिल्ममा सलोन बस्नेत, नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ, विशाल पहारीलगायतले अभिनय गर्नेछन्।

निर्देशक न्यौपानेले छक्का पन्जा, ए मेरो हजुर–२, यात्रा, म यस्तो गीत गाउँछु २, कृजस्ता फिल्ममा मुख्य सहायक निर्देशनको अनुभव संगालेपछि यो फिल्मबाट निर्देशकमा डेब्यू गर्न लागेका हुन्।


सक्षम सुवेदीको गला सुमन गजमेरको लेखन, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको संगीत, कविराज गहतराज र शिशिर खातीको कोरियोग्राफी र सौरभ लामाको छायांकन रहनेछ।