सुटिङअघि नै बिक्यो कर्मा


काठमाडौं ।

अभिनेता विपिन कार्कीले एक्सन भूमिकामा अभिनय गर्न लागेको फिल्म कर्माको छायांकन शुरू हुनुअगावै अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्री भएको छ।

सौरभ चौधरीको निर्देशनमा निर्माणाधीन एक्सन ड्रामा जनराको फिल्मको इन्टरनेशनल राइट्स सेभेन सिज इन्टरटेन्मेन्टले खरिद गरेको हो। मंसिर दोस्रो सातापश्चात् सुटिङ फ्लोरमा जाने कर्मा आगामी चैत २९ गते प्रदर्शनमा आउने घोषणा गरिएको छ।

वसन्त लम्सालले निर्माण गर्ने फिल्ममा कथा निर्देशक चौधरीकै रहेको छ। फिल्मको निर्माण पक्षका अनुसार कलाकार अनुबन्ध गर्ने क्रम जारी छ।