काठमाडौं ।
साफ महिला च्याम्पियनसिप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकाविरुद्ध दोब्बरले अग्रता लिएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भइरहेको खेलको पहिलो हाफमा नेपालले तीन गोलको अग्रता लिएको हो ।
आठौं मिनेटमा सबिता राना मगरले गोल गरिन् । साबित्रा भण्डारीको पासमा उनले गोल गरेकी हुन् । त्यसको चार मिनेटपछि साम्बाले गोलको खाता खोलिन् भने दुई मिनेटपछि रेखा पौडेलले गोल गरिन् ।
प्रतिक्रिया