बंगलादेशविरुद्धको पहिलो टेस्टमा दक्षिण अफ्रिका विजयी


काठमाडौं ।

दक्षिण अफ्रिकाले बंगलादेशविरुद्धको पहिलो टेस्टमा ७ विकेटको जित हासिल गरेको छ। टेस्टको पाँचौँ दिन बङ्गलादेशले दिएको १०६ रनको लक्ष्य पछाएको दक्षिण अफ्रिकाले ३ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको हो।

यस टेस्टको पहिलो इनिंगमा बङ्गलादेशले केवल १०६ रन मात्र बनाएको थियो भने दक्षिण अफ्रिकाले ३०८ रन बनाएको थियो। त्यस्तै बङ्गलादेशले दोस्रो इनिंगमा कम ब्याकको प्रयास गर्दै ३०७ रन बनाएको थियो तर त्यो पर्याप्त भने भएन।

यो टेस्ट जितेर दक्षिण अफ्रिकाले २ खेलको सिरिजमा १-० को अग्रता हासिल गरेको छ। अब सिरिजको दोस्रो खेल अक्टोबर २९ देखि हुने छ।