रवि र छविलाई कास्की जिल्ला अदालत उपस्थित गराइयो


काठमाडौँ।

सहकारी प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशीलाई आज कास्की जिल्ला अदालत उपस्थित गराइएको छ।

पहिलोपटक लिइएको म्याद सकिएपछि पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई आज पुन: अदालत उपस्थित गराइएको प्रहरीले जनाएको छ।

उनीसँगै गोर्खा मिडिया प्रालिका पूर्वसञ्चालक तथा पूर्व डीआईजी जोशीलाई पनि अदालत लगिएको छ ।

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरण अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले रास्वपा सभापति लामिछानेलाई यही कात्तिक ३ गते शुक्रबार काठमाडौँबाट पक्राउ गरी त्यही रात पोखरा लगेको थियो।

पूर्वडीआईजी छविलाल जोशीलाई भने गत असोज ६ गते नै पक्राउ गरेर पोखरा लगिएको थियो।