राफिन्हाको ह्याट्रिकमा बार्सिलोनाको शानदार जित


काठमाडौं ।

बार्सिलोनाले बायर्न म्युनिखमाथि शानदार जित हासिल गरेको छ। युइएफए च्याम्पियन्स लिग अन्तर्गतको गए राति सम्पन्न खेलमा बार्सिलोनाले बायर्न म्युनिखलाई ४-१ गोल अन्तरले पराजित गरेको हो।

बार्सिलोनाको जितमा रफिन्हाले ह्याट्रिक गरेका थिए भने रोबेर्ट लेवानडोस्कीले एक गोल गरेका थिए। त्यस्तै बायर्न म्युनिखका लागि एक गोल ह्यारी केनले गरेका थिए।

यो जितपछि बार्सिलोनाको च्याम्पियन्स लिगमा ३ खेलमा ६ अङ्क भएको छ र लिगमा १०औँ स्थानमा रहेको छ। त्यस्तै बायर्न म्युनिखको ३ खेलमा ३ अङ्क रहेको छ र लिगमा २३औ स्थानमा छ।