काठमाडौँ ।
राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति निवास शीतल निवास पुगेका छन् ।
देशको पछिल्लो राजनीतिक अवस्था, सरकार गठन भएको सय दिन लगायत समसामयिक विषयमा छलफल गर्न प्रचण्डसहित विपक्षी दलहरू राष्ट्रपतिलाई भेट्न पुगेका हुन् ।
प्रचण्डको सचिवालयले दिएको जानकारी अनुसार कार्यदल बाहेक शीर्ष नेताहरू मात्र सहभभागी हुने छन् ।
राष्ट्रपतिका राजनीतिक सल्लाहकार सुनिल पाेखरेलले विपक्षी दलहरूको आग्रह अनुसार राष्ट्रपति पौडेलसँग भेट हुन लागेको जानकारी दिएका छन् ।
प्रतिक्रिया