काठमाडौं ।
सूर्यदर्शन बचतपीडित संघर्ष तथा तदर्थ समितिले रास्वपाले पीडितका नाममा राजनीति गरेको बताएका छन् ।
सहकारीपीडितको यो विषयमाथि फेरि एउटा पार्टी र त्यसका नेताले राजनीति गरेको अनुभूति भइराखेको उनीहरूको आरोप लगाएका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सहकारी ठगी, किर्ते र संगठित अपराध मुद्दामा शुक्रबारदेखि कास्की प्रहरीको हिरासतमा छन् ।
सभापति लामिछाने पक्राउ परेकाे भालि पल्टबाट रास्वपाले हरेक दिन पोखराका विभिन्न ठाउँमा प्रदर्शन गरिरहेको छ । ‘सहकारीपीडितलाई न्याय दे’ भन्दै प्रदर्शन गरिरहेको रास्वापाले रवि लामिछाने निर्दोष रहेको जिकिर गर्दै आएको छ ।
विज्ञप्तिमा भनिएको छ, “आज पार्टी सभापति नै अनुसन्धानको दायरामा आउँदा झोलामा पीडितको पैसा बोकी फिर्ता दिने हो कि जस्तो गरी टोलटोलमा गरिएको भाषणले जब पार्टी सभापति पक्राउ परे तब घैटोमा घाम लागेजस्तो देखिएको छ, यो विषयले हामी सहकारीपीडित झनै सशंकित भएका छौँ ।” रास्वपाले पीडितलाई राहत र न्याय दिनेभए दुई वर्षदेखि चुप लागेर नबस्ने उनीहरूको भनाइ छ ।
प्रतिक्रिया