सुकेशले ज्याकलिनका लागि सेयर किनिदिने


काठमाडौं ।

दुई सय करोड भारतीय रुपियाँ ठगीको आरोपमा जेल सजाय काटिरहेका सुकेश चन्द्रशेखले बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजका लागि धर्मा प्रोडक्सनको सेयर किनिदिने जनाएका छन्।

उनका लागि सुकेशले बलिउड निर्माता करण जोहरको चर्चित फिल्म निर्माण कम्पनी धर्मा प्रोडक्सनको ५० देखि ७० प्रतिशत सेयर खरिद गर्ने इच्छा जनाएका हुन्। भारतीय सञ्चार माध्यम दैनिक भाष्करमा प्रकाशित समाचारअनुसार चन्द्रशेखले जेलबाट करण जोहरलाई एक पत्र लेख्दै आफूले कम्पनीको सेयर केही हिस्सा ज्याकलिनको नाममा खरिद गर्ने प्रस्ताव राखेका छन्।

सुकेशको पीआर टिमको तर्फबाट समेत सार्वजनिक गरिएको सो पत्रमा यदि करण जोहरले सो प्रस्ताव स्वीकार गरे ४८ घण्टाभित्र नै सेयर खरिद गर्ने उल्लेख गरिएको छ। पत्रमा धर्मा प्रोडक्सन लगानीकर्ताको खोजीमा रहेको र आफ्नो कम्पनी एलएस होल्डिङ्सको लक्ष्य भनेको सो कम्पनीको उन्नति प्रगति गर्ने रहेकोसमेत लेखिएको छ।

हाल चलिरहेको विवादका कारण आफ्नो यो प्रस्ताव असामान्य लागे पनि आफूलाई फिल्म क्षेत्र मनपर्ने भएकाले फिल्म लाइन केवल व्यापारमात्र नभई भावना पनि भएको पत्रमा उल्लेख छ। सो पत्रमा सुकेशले आफ्नो र अभिनेत्री ज्याकलिनबीच प्रेम रहेको र आफूमाथि लागेको ठगीको आरोप झुठो रहेको समेत उल्लेख गरेका छन्।

सुकेश भारतीय मुद्रा अपचलनको मामलामा दोषी ठहरिएछि केही वर्षदेखि दिल्लीको तिहाड जेलमा सजाय काटिरहेका छन्। अनुसन्धानका क्रममा ज्याकलिन र सुकेश प्रमे सम्बन्धमा रहेको र सोबेला सुकेशले ज्याकलिनलाई महंगा उपहार दिएको खुलेपछि भारतीय प्रवर्तन निर्देशनालयले उनलाई पनि सो अपराधमा सहअभियुक्त बनाएर अनुसन्धान गरेको थियो।

सुकेशको पत्रमाथि करण जोहरको तर्फबाट भने कुनै प्रतिक्रिया बाहिरिएको छैन। हालै करणले कम्पनीको ५० प्रतिशत सेयर चर्चित भारतीय खोप निर्माण कम्पनी सेरेन प्रोडक्सनलाई बेचेको छ।

अदार पुनावालाको कम्पनीले धर्मा प्रोडक्सनमाथि एक हजार करोड भारतीय रुपिया“ लगानी गर्दै ५० प्रतिशत हिस्साको दाबेदार भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।