भिस्टाराको जहाजमा बम राखेको हल्ला, विमानस्थलमा तनाव


काठमाडौँ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको भारतीय निजी वायुसेवा कम्पनी भिस्टारा एयरवेजको जहाजमा बम राखेको हल्ला फैलिएको छ । भारतको नयाँदिल्लीबाट काठमाडौं आएको भिस्टाराको उडान नम्बर ‘यूके १५५’ भएको उक्त जहाज अहिले छुट्टै राखेर नेपाली सेनाको कमान्डमा सुरक्षा निकायले सर्च गरिरहेको विमानस्थल स्रोतले जनाएको छ ।

दिउँसो साढे ४ बजे अवतरण भएको उक्त जहाजमा १५७ जना यात्रु थिए। यात्रुहरुलाई अहिले सुरक्षित स्थानमा रखिएको छ।

उक्त जहाजमा बम राखिएको सूचनाका कारण काठमाडौँ विमानस्थलमा अहिले उडान–अवतरण रोकिएको छ ।

पछिल्लो समय भारतीय जहाजहरूमा बम राखेको हल्ला फैलिने क्रम बढेको छ ।