बुटवल।
सहकारी ठगी प्रकरणमा पक्राउ परेका पुर्व डिआइजी छविलाल जोशीको रूपन्देही जिल्ला सरकारी वकिलको कार्यालयमा बयान चलिरहँदा सहकारी पीडितहरूले जिल्ला अदालत बाहिर प्रदर्शन गरेका छन् ।
उनीहरूले सहकारीको बचत रकम फिर्ता गर,सहकारी ठगलाई कारबाही गर,जीबि,रवि,छविलाई कारबाही गर लगायतका नारा लगाउँदै प्रदर्शन गरेका थिए ।
प्रदर्शनकारीहरू सरकारी वकिलको कार्यालय तर्फ जानखोजे पछि प्रहरीले उनीहरूलाई रोकेको थियो । पोखरास्थित सुर्यदर्शन सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि कास्की प्रहरीको हिरासतमा रहेका पुर्व डिआइजी जोशीलाई बुटवलको सुप्रिम सहकारी ठगी सम्बन्धि मुद्दाको अनुसन्धानका लागि सोमबार रूपन्देही ल्याइएको थियो ।
प्रतिक्रिया