साफ महिला च्याम्पियनसिप : श्रीलंकामाथि भुटानको सहज जित


काठमाडौँ । 

भुटानले साफ महिला च्याम्पियनसिप अन्तर्गत श्रीलंकालाई पराजित गरेको छ ।

सोमबार अपराहन्न दशरथ रंगशालामा सम्पन्न खेलमा भुटानले श्रीलंकालाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।

भुटानका लागि डेकी लहाजोमले २ गोल गरेकी थिइन् भने नामग्याल डेमा र दोर्जी एडोनले एक एक गोल गरेकी थिइन् । त्यस्तै श्रीलङ्काका लागि एक गोल थुशानी मदुशिकाले गरेकी थिइन् । 

यो जितपछि भुटानको समूह बी मा ४ अंक भएको छ र शीर्ष स्थानमा उक्लिएको छ । त्यस्तै श्रीलंकाको २ खेलमा ३ अंक रहेको छ ।

अब भुटानले समूह चरणको अन्तिम खेलमा बिहीबार माल्दिभ्ससँग खेल्ने छ भने श्रीलंकाले सोही दिन नेपालको सामना गर्ने छ ।