नेदरल्यान्ड्सका लिडे पोखराबाट एनपिएल खेल्ने


काठमाडौं ।

नेपाल प्रिमियर लिग (एनपिएल) मा नेदरल्यान्ड्सका क्रिकेटर बास डि लिडेले पोखरा एभेन्जर्सबाट खेल्ने भएका छन्। पोखरा एभेन्जर्सले दोस्रो विदेशी खेलाडी भित्र्याउने क्रममा लिडेलाई भित्र्याएको जानकारी दिएको छ । यसअघि पोखराले अमेरिकाका विकेटकिपर ब्याट्सम्यान आन्द्रेस गौसलाई अनुबन्ध गरेको थियो ।

पोखराको मार्की खेलाडीमा नेपाल राष्ट्रिय टोलीका कुशल भुर्तेल रहेका छन् । एनपिएल आगामी मङ्सिर १५ देखि पुस ६ सम्म आयोजना हुँदै छ ।