अमेरिकाले नेपाललाई दियो १५७ रनको लक्ष्य


काठमाडौं ।

तीन खेलको टी-२० आई सिरिजको तेस्रो तथा अन्तिम खेलमा अमेरिकालेले नेपाललाई १५७ रनको लक्ष्य दिएको छ। अमेरिकाको टेक्सासस्थित डलासमा टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले २० ओभरमा ५ विकेट गुमाउँदै १५६ रन मात्र बनाउन सक्यो ।

अमेरिकाका लागि साइतेजा मुक्कामल्लाले ६८, मिलिन्ड कुमारले ४३, आरोन जोन्सले १३ रन बनाए। नेपालका लागि सोमपाल कामीले ३ विकेट लिए। रिजन ढकाल र ललित राजवंशीले समान एक विकेट लिए। नेपालले यस अघि नै लगातार २ खेल जितेर सिरिज जितिसकेको छ।