काठमाडौं ।
वीर गणेशमान सिंह फाउन्डेसन र वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको संयुक्त आयोजनामा चौथो वीर गणेशमान सिंह राष्ट्रिय खुला टेनिस प्रतियोगिताको तयारी पूरा भएको छ।
प्रतियोगिता सोमबारदेखि सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा सुरु हुँदैछ। प्रतियोगितामा सिनियर, जुनियर र भेट्रान गरी जम्मा २३ स्पर्धामा प्रतिस्पर्धा हुनेछ। करिब १ सय ५० खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ। जुनियरमा बाहेक सबैमा नगद पुरस्कार राखिएको छ।
प्रतियोगिताको कुल पुरस्कार राशी ९ लाख ३२ हजार ३ सय ७५ रुपैयाँ रहेको छ। सर्वाधिक नगद पुरस्कार पुरुष÷महिला सिंगल्समा रहेको छ। उक्त स्पर्धामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १ लाख, ५० हजार र २५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । जुनियरका पदक विजेतालाई गिफ्ट भौचर प्रदान गरिने छ।
प्रतिक्रिया