ठूला प्रश्नहरूका संक्षिप्त उत्तर

महान् खगोलशास्त्री हकिङको अन्तिम पुस्तक

0
Shares

ठूला प्रश्नहरूका संक्षिप्त उत्तर (द्यचष्भा ब्लकधभचक तय तजभ द्यष्न त्तगभकतष्यलक) प्रसिद्ध बृटिस बैज्ञानिक स्टीभन हकिङको अन्तिम पुस्तक हो । भौतिकशास्त्री तथा खगोलशास्त्री स्टीभन विशेष गरी ब्ल्याक होल र सापेक्षता सिद्धान्तसम्बन्धी आफ्नो अनुसन्धानका लागि प्रख्यात छन् । उनलाई आधुनिक समयको महान् वैज्ञानिकमध्ये एक मानिन्छ ।


ब्रिफ आन्सर टु दि बिग क्वेसन्स अर्थात ठूला प्रश्नको संक्षिप्त जवाफ नामक पुस्तकमा उनले विज्ञान, धर्म, ब्रह्माण्ड र मानवताको भविष्यसँग सम्बन्धित ठूला प्रश्नहरूको उत्तर दिने प्रयास गरेका छन् । यस पुस्तकले स्टीफनले आफ्नो जीवनमा गरेका अनुसन्धान र मानवताको दीर्घकालीन अस्तित्वप्रतिको उनको चासोलाई दर्शाउँछ ।

ब्रह्माण्डको उत्पत्ति: स्टीभन हकिङका अनुसार ब्रह्माण्डको उत्पत्ति एउटा अत्यन्तै सानो बिन्दुबाट भएको थियो, जसलाई ‘सिङ्गुलारिटी’ भनिन्छ । यो प्रक्रिया अत्यन्तै शक्तिशाली विस्फोटद्वारा भएको थियो । यसैबाट ब्रह्माण्डको विस्तार आरम्भ भयो ।
ईश्वरको अस्तित्व: हकिङले ईश्वरको अस्तित्वलाई विज्ञानको दृष्टिकोणबाट हेरेका छन् । उनका अनुसार ब्रह्माण्डको उत्पत्ति प्राकृतिक नियमअनुसार भएको हो । यसमा कुनै पनि अलौकिक शक्तिको संलग्नता छैन । उनले भौतिक शास्त्रका सिद्धान्तहरूको आधारमा ब्रह्माण्डको उत्पत्तिलाई व्याख्या गरेका छन् र यसमा ईश्वरको संलग्नालाई अस्वीकार गरेका छन् ।
समयसँगै यात्रा: हकिङले समयसँगै यात्राको सम्भावनाबारे पनि चर्चा गरेका छन् । उनका अनुसार समययात्रा वैज्ञानिक दृष्टिकोणबाट सम्भव हुनसक्छ, तर यसमा अनेकौं चुनौतीहरू छन् । उनले आइन्स्टाइनको सापेक्षतावादको सिद्धान्तको आधारमा समययात्राको सम्भावनाबारे व्याख्या गरेका छन् । समययात्रा सिद्धान्तअनुसार यदि हामीले प्रकाशको गतिको समानान्तर यात्रा गर्न सक्यौं भने भविष्यमा यात्रा सम्भव हुन सक्छ । तर यसमा धेरै जोखिमहरू छन् ।
कृत्रिम बुद्धिमत्ता (कृत्तिम बौद्धिकता): हकिङले कृत्रिम बुद्धिमत्ताको विकासप्रति चिन्ता व्यक्त गरेका छन् । उनका अनुसार एआईको असाधारण विकासले मानवताको भविष्यमा ठूलो प्रभाव पार्न सक्छ । यदि यसलाई नियन्त्रण नगरेमा यो मानवताको लागि खतरा बन्न सक्छ । एआईको विकास मानवताका लागि फाइदाजनक हुन सक्छ, तर यसलाई सन्तुलित ढङ्गले प्रयोग गर्न आवश्यक छ ।
ब्रह्माण्डमा अरु प्राणी: ब्रह्माण्डको विशालता र असीमितताका कारण हकिङले अरु तारा र ग्रहहरूमा जीवन हुन सक्ने बताएका छन् । उनले भनेका छन, ‘हामीले अरु तारा र ग्रहहरुमा हुनसक्ने जीवनको विकाससँग सम्पर्क गर्न सक्नुपर्छ । तर त्यहाँ सम्भावित खतराहरू पनि हुनसक्छन् । त्यस्ता कुनै ग्रहका सभ्यता हामीभन्दा धेरै विकसित भएको हुन सक्छ, र त्यसले हाम्रो अस्तित्वलाई खतरामा पार्न सक्छ ।’
पृथ्वीको भविष्य: हकिङले पृथ्वीको भविष्यप्रति चिन्ता व्यक्त गरेका छन् । उनका अनुसार जलवायु परिवर्तन, जनसंख्या वृद्धि र प्राकृतिक स्रोतहरूको सीमितताले गर्दा पृथ्वीलाई दीर्घकालसम्म बस्न योग्य बनाइराख्न गाह्रो हुन सक्छ । उनले मानव जातिलाई अन्तरिक्षमा बसोबासको खोजी गर्न आग्रह गरेका छन् । जसले गर्दा मानवता दीर्घकालसम्म बाँच्न सकून् । उनले मानवताको अस्तित्वका लागि अन्तरिक्षमा नयाँ बस्तीहरू स्थापना गर्नु आवश्यक भएको बताएका छन् ।
विज्ञान र धर्म: हकिङले विज्ञान र धर्मको सम्बन्धबारे पनि विचार व्यक्त गरेका छन् । उनका अनुसार विज्ञान र धर्मले ब्रह्माण्डको व्याख्या गर्ने दुई फरक तरिकाहरू छन् । विज्ञानले ब्रह्माण्डका नियमहरू पत्ता लगाउन मद्दत गर्दछ, तर मानिसहरूलाई नैतिकता र जीवनको अर्थ दिने प्रयास धर्मले गर्दछ । हकिङका अनुसार विज्ञानको प्रगतिको साथसाथै धर्मले पनि समयअनुसार आफूलाई अनुकूल बनाउन आवश्यक छ ।
सन् १९४२ जनवरी ८ मा बेलायतमा जन्मिएका हकिङले भौतिकशास्त्र र ब्रह्माण्ड विज्ञानका क्षेत्रमा विशेष योगदान दिएका छन् । उनको सबैभन्दा चर्चित पुस्तक ‘अ ब्रिफ हिस्ट्री अफ टाइम’ ९ब् द्यचष्भा ज्ष्कतयचथ या त्ष्mभ० हो । उनले जटिल भौतिकशास्त्रीय सैद्धान्तिक ज्ञानलाई सरल तरिकाले प्रस्तुत गरेर विज्ञानप्रति मानिसहरूको थप रुची जगाए । हकिङले मुख्य रूपमा ब्ल्याक होल्स, बिग ब्याङ, ब्रह्माण्डको उत्पत्ति र अन्त्यको बारेमा गहिरो अध्ययन गरेका थिए ।

सन् २०२४ का नोबेल पुरस्कार विजेता ः
नोबेल शान्ति पुरस्कार – निहोन हिडन्क्यो
नोबेल पुरस्कार (चिकित्सातर्फ) – भिक्टर एम्ब्रोस र ग्यारी रभ्कन
नोबेल पुरस्कार (भौतिकशास्त्रतर्फ) – जोन जे हप्फील्ड र जेफ्री ई हिन्टन
नोबेल पुरस्कार (रसायनशास्त्रतर्फ) – डेभिड बेकर, डेमिस हसाबिस तथा जोन एम जम्पर
नोबेल पुरस्कार (साहित्यतर्फ) – हान काङ
नोबेल पुरस्कार (अर्थशास्त्रतर्फ) – घोषणा हुन बाँकी

जान्ने होइन त नोबेल पुरस्कारको बारेमा
नोबेल शान्ति पुरस्कारसहित विभिन्न ६ विधामा प्रदान गरिने यो पुरस्कार विश्वकै निकै प्रतिष्ठित पुरस्कार मानिन्छ ।
नोबेल पुरस्कार प्रत्येक वर्ष रोयल स्विडिस एकेडमी अफ साइन्सेस, द स्विडिस एकेडमी, द कारोलिन्स्का इन्स्टिच्युट र द नर्वेजियन नोबेल समितिद्वारा शान्ति, रसायनशास्त्र, भौतिकशास्त्र, साहित्य र औषधि विज्ञानको क्षेत्रमा अद्वितीय योगदान पु¥याएका व्यक्ति वा संस्थालाई प्रदान गर्ने गरिन्छ ।


नोबेल पुरस्कारको स्थापना अल्फ्रेड नोबेलको वारेसनामाको आधारमा सन् १८९५ मा गरिएको हो । अल्फ्रेड नोबेलको वारेसनामामा उल्लेख भएअनुसार नोबेल पुरस्कारसँग सम्बन्धित सबै प्रकारको प्रशासकीय कार्य नोबेल फाउन्डेसनले हेर्ने गरेको छ । अर्थशास्त्रको क्षेत्रमा नोबेल पुरस्कारको सुरुवात सन् १९६८ मा स्विडेनको केन्द्रीय बैंक भेरिग रिक्स बैंकले शुरू गरेको थियो । यो पुरस्कार अर्थशास्त्रको क्षेत्रमा अद्वितीय कार्य गर्ने व्यक्ति तथा संस्थालाई प्रत्येक वर्ष प्रदान गर्ने गरिन्छ।


नोबेल पुरस्कारअन्तर्गतको प्रत्येक विधाको पुरस्कार विजेताको छनोट एउटा छुट्टै स्वतन्त्र समितिद्वारा गरिन्छ । द रोयल स्वीडिस एकेडमी अफ साइन्सेसले भौतिक, अर्थशास्त्र र रसायन शास्त्रतर्फको विजेता घोषणा गरी पुरस्कार प्रदान गर्दछ भने कारोलिन्स्का इन्स्टिच्युटले क्रिया विज्ञान तथा चिकित्साको क्षेत्रमा र नर्वेजियन नोबेल समितिले शान्ति विधाको नोबेल पुरस्कार विजेताको छनोट गरी पुरस्कार प्रदान गर्ने गरेको छ । प्रत्येक पुरस्कार विजेतालाई एउटा स्वर्ण पदक, डिप्लोमाको डिग्री र तोकिएको रकम प्रदान गर्ने गरिएको छ ।


सन् १९०१ मा पहिलो नोबेल पुरस्कार विजेतालाई पुरस्कारस्वरूप एक लाख ५० हजार सात सय ८२ स्विडिस क्रोन दिइएको थियो । अहिले यो पुरस्कारको राशी नेपाली रुपियाँमा १३ करोडभन्दा बढी रहेको छ ।
स्विडिस व्यापारी तथा डाइनामाइटका आविष्कारक अल्फ्रेड नोबेलले आफ्नो अधिकांश सम्पतिबाट एउटा कोष खडा गरी नोबेल पुरस्कारको सुरुवात गरेका हुन् । त्यसपछि सन् १९६८ मा स्विडेनको केन्द्रीय बैकले अल्फ्रेड नोबेलको सम्झनामा अर्थशास्त्रका लागि छुट्टै नोबेल पुरस्कारको स्थापना गरेको थियो ।
ल्यदभउिभबअभ।यचन का अनुसार सन् १९०१ र सन् २०२२ बीचमा ६ सय १५ पटक कुल ९ सय ८९ व्यक्ति तथा संस्थालाई नोबेल पुरस्कार प्रदान गरिएको छ ।
यो पुरस्कार अल्फ्रेड नोबेलको स्मृति दिवस पारेर डिसेम्बर १० मा एउटा विशेष समारोह आयोजना गरेर वितरण गर्ने गरिएको छ ।