शरीरको साथ बिनै ५५ वर्ष बाँचेका स्टीभन हकिङ

जसले मच्चाए भौतिक विज्ञानको क्षेत्रमा तहल्का

0
Shares

सन् १९७४ मै ब्ल्याक होलको अध्ययन गरेर ‘हकिङ विकिरण’ को परिकल्पना प्रस्तुत गरी भौतिक विज्ञानको क्षेत्रमा तहल्का मचाएका स्टीभन विलियम हकिङ त्यस्ता वैज्ञानिक हुन्, जसले शरीरको साथ बिना नै ५५ वर्ष बाँचेर मृत्युलाई छक्काएका थिए ।


उनको जन्म सन् १९४२ को जनवरी ८ मा बेलायतको अक्सफोर्ड शहरमा भएको थियो । केवल ३२ वर्षको उमेरमा बेलायतको प्रतिष्ठित रोयल सोसाइटीको सबैभन्दा कम उमेरका सदस्य बनेका हकिङ ३७ वर्षको उमेरमा क्याम्ब्रिज विश्वविद्यालयका प्राध्यापक बनेका थिए । उनको तुलना महान् वैज्ञानिक अल्बर्ट आइन्स्टाइनसँग गरिन्छ । हकिङलाई त्यही पदमा नियुक्त गरिएको थियो, जुन पदमा आइन्स्टाइन नियुक्त भएका थिए ।


फ्र्यांक हकिङ र इसोबेल हकिङका छोरा स्टीभन हकिङलाई २१ वर्षको उमेरमै मोटर न्युरोन डिजिज (एमएनडी) रोगले गम्भीररूपमा गाँजेको थियो । पछि बिस्तारै उनको शरीरका सबै अंगले काम गर्न छाडेका थिए । चिकित्सकले उनको आयु केवल २–३ वर्षमात्र घोषणा गरेका थिए । तर, उनले शरीरको साथ बिनै ५५ वर्ष बाँचेर मृत्युलाई मात्रै छक्काएनन्, जीवनको अन्तिम क्षणसम्म विज्ञानको क्षेत्रमा महत्वपूर्ण योगदान दिए । उनको मृत्यु ७६ वर्षको उमेरमा सन् २०१८ को मार्च १४ मा भएको थियो । उनको मृत्युको सात महिनापछि उनको अन्तिम पुस्तक ‘ठूला प्रश्नहरूका संक्षिप्त उत्तर’ प्रकाशित भएको थियो। जसमा उनले जीवन, ब्रह्माण्ड, भगवान् र विज्ञानबारे महत्वपूर्ण प्रश्नको उत्तर दिएका छन् ।
थप जानकारीहरू:

सन् १९७४ मा हकिङले विकिरणको परिकल्पना प्रस्तुत गरेका थिए, जसअनुसार ब्ल्याक होलहरूले विकिरण उत्सर्जन गर्छन् र अन्ततः विलय हुन सक्छन् । यसले भौतिक विज्ञानको दुई प्रमुख सिद्धान्त सापेक्षता सिद्धान्त र क्वान्टम सिद्धान्तलाई एकीकृत गर्ने प्रयासलाई अघि बढाउँदै ठूलो विस्फोट सिद्धान्त (बिग ब्यांग थौरी) को पुष्टि ग¥यो ।


उनको जीवन प्रविधिको उपयोगको उत्कृष्ट नमुना बन्यो । उनको कम्प्युटर प्रणालीलाई इन्टेलले विशेष रूपमा विकास गरेको थियो, जसले आँखाको गति पत्ता लगाई आवाजमा परिणत गथ्र्यो । यसले हकिङलाई लेख्न र अरूसँग कुरा गर्न मद्दत पु¥यायो ।
हकिङको लोकप्रिय पुस्तक ‘अ ब्रिफ हिस्ट्री अफ टाइम’ ले जटिल वैज्ञानिक सिद्धान्तलाई पनि सामान्य र सरल ढंगबाट ब«ुझ्न मद्दत मिल्छ ।

हकिङलाई अल्बर्ट आइन्स्टाइन अवार्ड, कोप्ले मेडल र फन्डामेन्टल फिजिक्स प्राइजबाट सम्मानित गरिएको थियो ।
हकिङको जीवन र कामलाई आधार बनाएर थुप्रै डकुमेन्ट्री र चलचित्र बनेका छन् । तीमध्ये ‘द थ्यौरी अफ एभ्री थिङ’ नामक चलचित्रमा हकिङको भूमिका निर्वाह गरेका अभिनेता एडी रेडमेनले निकै प्रसंशा बटुलेका थिए ।