स्वस्तिमा खड्का पढाइ इन्जिनियरिङ, पेसा कलाकारिता

0
Shares

नेपाली सिने क्षेत्रमा स्वस्तिमा खड्का सफल नायिका साबित भएकी छन्। सन् १९९५ जुन ४ मा काठमाडौंमा जन्मिएकी स्वस्तिमाले वीरेन्द्र सैनिक आवसीय महाविद्यालयबाट एसएलसी र थापाथली क्याम्पसबाट आर्किटेक्चरल इन्जिनियरिङ उर्तीण गरेकी छन्। मोडलिङ हुँदै फिल्मी नगरीमा प्रवेश गरेकी स्वस्तिामाद्वारा निर्मित फिल्म बेहुली फ्रम मेघौली हालै पदर्शनमा आएको थियो। फिल्मले राम्रो व्यापार गरे पनि हलहरुले उचित शोज नदिएको आरोप लगाउँदै स्वस्तिमा र निश्चल बस्नेतको दम्पतीले गत बुधबारदेखि आप्mनो फिल्म हलहरुबाट निकालेका छन्। उनीहरुले फिल्म चाँडै नै ओटीटी प्लेटफर्मबाट ल्याउने जानकारी गराएका छन्। उनी स्वस्तिमाका बारेमा रोचक प्रसङ्ग यहाँ प्रस्तुत छ:

 सिनेमामा आउनुभन्दा अघि स्वस्तिमाले मिस टिननामक सौन्दर्य प्रतियोगितामा स्र्पाधा गरेकी थिइन्। त्यस्तै, केही म्युजिक भिडियोमा मोडलिङ गरेकी थिइन्।

 होस्टल रिर्टनसबाट अभिनय यात्रा शुरू गरेकी उनले त्यसपछि लभ लभ लभमा काम गरिन्। फिल्म दुई रुपियाँको कुटुमा कुटु सुपारी दानामा बोलको गीतमा नृत्य गरेकी उनले सो गीतको लोकप्रियतासँगै छक्कापञ्जा २ हुँदै विभिन्न फिल्ममा काम गरिन्।

 अभिनेता, निर्देशक तथा निर्माता निश्चल बस्नेतका साथ सन् २०१६ मा विवाह गरेकी स्वस्तिमाले विवाहपछि हिरोइनको करिअर सकिन्छ भनिने समयमा उनले विवाह गरेर फिल्ममा आफूलाई अझ राम्रोसँग प्रमाणित गरेकी थिइन्।

 फिल्म बुलबुलमा काम गरेपछि उनले दर्शक तथा समीक्षकबाट राम्रो प्रतिक्रिया पाइन्। उनको अभिनय क्षमताको तारिफ भयो। महिला टेम्पो चालकको कथा भन्ने बुलबुलका लागि स्वस्तिमाले टेम्पो चलाउन सिकेकी थिइन्। विनोद पौडेलले निर्देशन गरेको सो फिल्म ओस्कार एकेडेमी अवार्डमा समेत छनोट भएको थियो भने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्ड चुम्न सफल भएको थियो।

 स्वस्तिमा फिल्ममात्र नभई म्युजिक भिडियो तथा विभिन्न ब्रान्डका विज्ञापनमा पनि रुचाइएकी अभिनेत्री हुन्। उनी केही प्रतिष्ठित ब्रान्डको ब्रान्ड एम्बेस्डर पनि रहेकी छन्।

 फिल्म बेहुली फ्रम मेघौलीका लागि ट्र्याक्टर चलाउन सिकेकी उनले सो फिल्ममा सशक्त अभिनय गरेकी छन्। उनी सो फिल्मबाट निर्मात्री पनि बनेकी छन्।

 एकपटक झापा जाँदा एटीएम कार्ड भएको झोला हराएपछि उनले एटीएम कार्ड नै बोक्न छोडिन्। एटीएम कार्ड नबोक्दा पैसा बचत भएको अुनभव भएपछि उनले एटीएम कार्ड नै बोक्न छोडेकी हुन्।

 स्वस्तिमा भगवान्प्रति आस्था राख्छिन्। त्यस कारण मोबाइलको कभरमा पनि भगवानको फोटो राख्छिन् र भगवान्का मूर्ति मन्दिर देख्नासाथ ढोग्छिन्। तर, उनी मन्दिर नै गएर पूजा भने गर्दिनन्।

 जय भोले, नाई नभन्नु ल, ५ हजार जुनीसम्म, घामड शेरे, चपली हाइट ३, चिसो मान्छे, छक्कापञ्जा ४, ऐँचो पैँचो, पशुपति प्रसाद

२: भस्मे डनलगायत करिब डेढ दर्जन फिल्ममा काम गरेकी स्वस्तिमा केही फिल्ममा काम गर्दैछिन्।