कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक


काठमाडौँ।

कक्षा १२ को मौका (पूरक) परीक्षाको नतिजा प्रकाशन भएको छ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षा बोर्डले आइतबार पूरक परीक्षाको नतिजा प्रकाशित गरेको हो ।

बोर्डका अनुसार परीक्षामा एक लाख २२ हजार एक सय ७१ जना परीक्षार्थी सहभागीमध्ये ८६ हजार दुई सय ४६ जना अर्थात् ७०.६० प्रतिशत ग्रेड प्राप्त गरेका छन् ।

यसैगरी, दुई जनाको परीक्षाफल रद्द भएको छ भने तीन जनाको परीक्षाफल स्थगित गरिएको बोर्डले जनाएको छ । गत भदौ २५ र २६ गते कक्षा १२ को मौका परीक्षा सञ्चालन गरिएको थियो ।