काठमाडौं ।
अगस्त्यः च्याप्टर–१ नामक फिल्म निर्देशन गरेर तारिफ पाएका निर्देशक सौरभ चौधरीको निर्देशनमा कर्मानामक फिल्म बन्ने भएको छ।
अभिनेता विपिन कार्कीलाई मुख्य भूमिकामा अनुबन्धित गर्दे फिल्मको प्रदर्शन मितिसमेत घोषणा गरिएको छ। फिल्मको निर्माणपक्षले जानकारी गराएअनुसार फिल्म आगामी चैत २९ गते रिलिजमा आउनेछ। फिल्मको रिलिज डेट अनाउन्समेन्ट पोस्टरमा विपिनलाई जिममा कसरत गरिरहेको देखाइएको छ।
निर्देशक चौधरीको तेस्रो निर्देशन रहने फिल्ममा लेखन पनि उनकै छ। चौधरीका अनुसार एक्सन ड्रामा जनरामा निर्माण हुने फिल्ममा अभिनेता विपिन एक्सन भूमिकामा देखिनेछन्।
आर्टिस्टिक इन्टरटेनमेन्ट ब्यानरमा वसन्त लम्सालले निर्माण गर्ने फिल्मको छायांकन मङ्सिर दोस्रो सातापछि शुरू हुने निर्माण पक्षले जानकारी गराएको छ।
प्रतिक्रिया