माइतीघरमा रास्वपा कार्यकर्ताको प्रदर्शन


काठमाडौँ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गरेको भन्दै पार्टीका नेता–कार्यकर्ताहरुले काठमाडौँमा विरोध प्रदर्शन गरेका छन्।

शनिबार काठमाडौँको माइतीघरमा भेला भएर उनीहरुले विरोध प्रदर्शन गरेका हुन्। माइतीघरबाट सुरु भएको विरोध र्‍याली बिजुलीबजार पुगेर पुनः माइतीघर फर्किएको थियो।

प्रदर्शनमा सहभागीहरुले ‘सहकारी पीडितलाई न्याय दे, भ्रष्ट सरकार मुर्दावाद, सरकार मर्‍यो, जनतालाई जुठो पर्‍यो’लगायतका प्लेकार्ड बोकी नारा लगाएका थिए। लामिछानेलाई सहकारी प्रकरणमा रकम हिनामिना गरेको आरोपमा अदालतको अनुमतिपछि प्रहरीले शुक्रबार साँझ पार्टी केन्द्रीय कार्यालयबाट पक्राउ गरी पोखरा पठाएको थियो।

तस्वीर: अनिल आङ्देम्बे