रौतहटमा करेन्ट लागेर हुने मृत्यु बढेसँगै प्रहरीद्वारा १० बुँदे अनुरोध


रौतहट ।

विधुतीय करेन्ट लागेर मृत्यु हुने घटनामा बृद्धि भएसङ्गै सचेतनाको लागी जिल्ला प्रहरी कार्यालय रौतहटले १० बुँदे सूचना जारी गरेको छ ।

जिल्लामा सानो अवधिमै करेन्ट लागेर ८ जनाको मृत्यु भएपछी त्यस्ता घटनाबाट जोगिन सर्वसाधारणको सचेतनाको लागि सूचना जारी गरिएको रौतहट प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले बताएका छन् ।

विद्युतिय करेन्टबाट जोगिन जिल्ला प्रहरी कार्यालय रौतहटले खाली खुट्टा वा पानी जमेको स्थानमा बिजुलीको काम नगर्न, बिजुली सम्बन्धी मर्मतको काम बिजुली मिस्त्री बाट मात्र गराउन, घरमा वायरिङ गराउँदा कमसल पुरानो वा जोडजाड गरिएको तार प्रयोग नगर्न सकभर अण्डर ग्राउन्ड वायरिङ गरेर मात्रै बिजुलीको काम गर्न आग्रह गरेको छ ।

त्यस्तै घरमा बिजुलीको बोर्ड राख्दा साना बालबालिकाले छुन नसकिने उचाइँमा राख्न, घरको एक ठाउँ बाट अर्को ठाउँ वा एउटा कोठाबाट अर्को कोठामा आफ्नो सुबिधा अनुकूल हुनेगरी जथाभावी तार न झुन्ड्याउन, जोखिम र सुरक्षा लाई ख्यान राख्न ,
खेतमा पानी पटाउन सिंचाई मीटरको प्रयोग गरी मात्र पानी तान्ने मोटर जडान गर्न, रातको समय वा अंध्यारोमा बिजुलीको तार चलाउने, मर्मत कार्य गर्ने वा खेतमा पानी नपटाउन प्रहरीले सूचना मार्फत आग्रह गरेको छ।

त्यसैगरी खेतमा पानी पताउँदा अनिवार्य रूपमा एकजना कुरुवा खेतमा बस्न, कहिलै पनि विद्युत पोलबाट बन्सी ९ डाईरेक्ट हुकिङ० लगाई बिजुली चोरी नगर्न, सामान्यतया काम काज गर्दा हातले छुन सकिने वा खुट्टा लाग्न सकिने ठाउँमा बिजुलीको तार स्विच बोर्ड नराख्न सूचना मार्फत अनुरोध गरिएको छ ।

आर्थिक वर्ष २०८१(०८२ को साउन, भदौ र असोज गरी तीन महिनाको अवधिमा जिल्लामा बिधुतिय करेन्ट लागेर ८ जनाको मृत्यु भएको छ । गत साउन ५ गते मौलापुर २ का ८० बर्षीय राम अयोध्या कुर्मीको खेतमा पानी पताउने क्रममा मोटर बाट करेन्ट लागेर मृत्यु भयो थियो ।

साउन ८ गते बौधिमाई ५ बस्ने ५९ बर्षीय सुनेसर यादवको पानी तान्ने मोटर बाट करेन्ट लागेर, साउन १३ गते माधव नारायण ३ का बर्ष २५ को दुनका यादव पंखामा जोडेको नांगो विद्युतिय तार बाट करेन्ट लागेर,साउन २५ गते ईशनाथ ४ का ६ बर्षीय महमद सुल्तान आफ्नै छत माथि खेल्दै विद्युत पोलको तार छँदा करेन्ट लागेर, त्यस्तै भदौ १ गते वडा ९ का बर्ष ८ की शव खातुन आफ्नै ट्युवेलमा पानी लिन जाँदा मोटरमा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायले बताएका छन् ।

त्यस्तै भदौ १२ गते परोहा ९ का ४२ बर्षीय दशईलाल राउत विद्युत पोल बाट मोटरमा तार जोड्ने क्रममा करेन्ट लागेर, भदौ २७ गते फतुवा बिजयपुरका बर्ष ५२ को मुक्ती नारायण कुर्मी मोटर बाट खेतमा पटाईरहेको पानीमा प्रवाह भएको करेन्ट लागेर असोज ७ गते ईशनाथ ८ का बर्ष २६ को सिकेन्द्र साह तेली आफ्नै ट्युवेल धारामा मोटर चलाएर नुहाउने क्रममा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटको तथ्याङकमा उल्लेख गरिएको छ ।