रास्वपा सभापति लाकिछानेसहित १४ जनाविरुद्ध पक्राउ पुर्जी


काठमाडौँ ।

पोखराको सूर्य दर्शन सहकारी ठगीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित १४ जनालाई एकै पटक पक्राउ पुर्जी जारी भएकाे छ ।

जिल्ला अदालत कास्कीले रवि लामिछानेसहित उनीहरूलाई पक्राउका लागि एकै पटक अनुमति दिएको हो ।

 जिल्ला जिल्लाले  रवि लामिछाने, विशाल तामाङ, नविन अछामी, रविना रिमाल, असरफ अली सिद्दिकी, दिपक लामा, अनन्त वावु राई, राम बहादुर खनाल, देवेन्द्र बावु राई, विज्ञान राई, ओम प्रकाश गुरुङ, वीरबहादुर रानाभाट, दिपा न्यौपाने र  कल्पना कुमारी श्रेष्ठलाई पक्राउ गर्न अनुमति दिएको हो । 

जिल्ला अदालतले बयान लगायतका थप अनुसन्धान गर्नु पर्ने आधार, कारण मनासिब देखिएकोले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ९ (३) बमोजिम निजलाई पक्राउ गर्न अनुमति दिइएको अनुमति पत्रमा उल्लेख गरिएको छ ।