पक्राउ पुर्जी जारी भएपछि रविको प्रतिक्रिया– सरकार मर्‍यो, हामीलाई जुठो पर्‍यो


काठमाडौँ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामछिानेले आफूविरुद्ध पक्राउ पुर्जी जारी भएपछि प्रतिक्रिया दिएका छन्।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत सरकार मरेको र आफूहरूलाई जुठो परेको प्रतिक्रिया दिएका हुन्।

‘सरकार मर्‍यो, हामीलाई जुठो पर्‍यो! तपाईंको हातमा तस्करले दिएको करोड पर्ने घडी ,मेरो हातमा चाहि हतकडी? तपाईं विचौलियाको सेवा गरे बापत लाखौंको चस्मा र जुत्ता लगाउने, मुद्दा मैले खेपिदिनुपर्ने?,’ रविले प्रश्न गरेका छन्, ‘तपाईं प्रमाणित भ्रष्टाचारी बाट करोडौंको जग्गा खुल्लम खुल्ला लिने,मैले ठगीको आरोप खेपी दिनुपर्ने।’