नेपाली राष्ट्रिय फुटसल टिमको मुख्य प्रशिक्षकमा महर्जन नियुक्त


काठमाडौँ ।

नेपाली राष्ट्रिय फुटसल टोलीको मुख्य प्रशिक्षकमा विक्रम महर्जन नियुक्त भएका छन् ।

विहिबार एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले महर्जनलाई नियुक्तिपत्र हस्तान्तरण गरेका छन् । 

त्यस्तै टिमको सहायक प्रशिक्षकमा सुमितकुमार आले र टिम म्यानेजरमा राज महर्जन नियुक्त भएका छन् । सहायक प्रशिक्षक आले र टिम म्यानेजर महर्जनलाई पनि नियुक्तिपत्र हस्तान्तरण गरिएको एन्फाले जनाएको छ ।