राष्ट्रपति पौडेलद्वारा प्रसिद्ध धार्मिकस्थल बडीमालिकाको पूजा अर्चना 

2.07k
Shares

बाजुरा  । 

राष्ट्रपति रामचन्द्र पौडेलले प्रसिद्ध धार्मिकस्थल बडीमालिका मन्दिरको दर्शन एवम् पूजा अर्चना गरेका छन् । राष्ट्रपति पौडेलले प्रथम महिला सबिता पौडेलसहित विहिबार बिहान बाजुरास्थित त्रिवेणी नगरपालिका वडा नम्बर ९ मा पर्ने बडीमालिकाको पूजाअर्चना गरी टीका प्रसाद ग्रहण गरेका हुन् । प्रसिद्ध धार्मिकस्थल एवम् शक्ति पीठ बडीमालिका मन्दिरमा पूजा एवम् दर्शनको लागि भक्तजन आउने गर्दछन् । 

राष्ट्रपति पौडेलले आजै त्रिवेणी नगरपालिका वडा नम्बर ७ मा रहेको नाटयश्वरी मन्दिरको नवनिर्मित भवन उद्घाटन गर्ने कार्यक्रम छ । राष्ट्रपति पौडेल बिहिबार विहान सुर्खेतबाट बाजुराको सदरमुकाम मार्तडी स्थित नेपालीसेनाको थापाथली गुल्म पुगेर विश्राम गरेको र मार्तडीबाट पूजा अर्चनाका लागि हेलीकोप्टरबाट बडिमालिका प्रस्थान गरेका थिए । राष्ट्रपति  पौडेलको  बडीमालिका दर्शनका साथै आजै बाजुरास्थित नाट्यश्वरी मन्दिरको उद्घाटन गर्ने कार्यक्रम रहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ  । त्रिवेणी नगरपालिकाका अनुसार बिहान बडिमालिका दर्शन र त्यसपछी  नाट्यश्वरी मन्दिरको उद्घाटन गर्ने कार्यक्रम रहेको  जनाएको छ । राष्ट्रपति पोडेलसंगै संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बद्रीप्रसाद पाण्डे र प्रथम महिला सोविता गौतम लगायतको टोली रहेको छ । 

असोज २१ गते आउने भनिएको कार्यक्रम तयारी अपुगका कारण स्थगित गरेका थियो । बाजुरा आउने अवसर पारी सुदूरकै भूस्वर्गका रुपमा  धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिकाको अवलोकन तथा दर्शन गर्ने कार्यक्रम पनि तय गरिएको जनाइएको छ ।

   बडीमालिकाको दर्शनसंगै पर्यटकका लागि निर्माण गरिएको नाटेश्वरी मन्दिरको समुद्घाटन  कार्यक्रम तय गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । भ्रमण तालिका तय भई उद्घाटनको सम्पूर्ण तयारी पूरा भइसकेको त्रिवेणी नगरपालिकाका नगर प्रवक्ता एवं वडाअध्यक्ष मीनबहादुर भण्डारीले बताए ।

 राष्टपति पौडेल गत असोज २१ गते बडीमालिका दर्शन गर्न आउने कार्यक्रम तय भएपनि  देशका बिभिन्न जिल्लामा भएको बाढिपहिरोका कारण बडिमालिका भ्रमण स्थगित भएको थियो । राष्ट्रपति बाजुरा आउँदा जिल्ला स्थित शुरक्षा कडा पारिएको छ । राष्ट्रपति पौडेलको भ्रमणले बडीमालिका धार्मिक तथा पर्यटन क्षेत्र विकासमा टेवापुुग्ने स्थानीयको विश्वास छ ।