नेपाल टेलिभिजनले नेपाल भाषामा समाचार प्रसारण गरेकोमा स्वागत


काठमाडौं।

नेपाल टेलिभिजनले नेपालभाषामा समाचार प्रसारण शुरुआत गरेकोमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) र नेवाः पत्रकार राष्ट्रिय दबूले स्वागत गरेको छ ।

संयुक्त राष्ट्र संघको भाषा दशक तथा नेपालभाषाको पत्रकारिता सय वर्ष पुगेको अवसरमा मातृभाषा शताब्दी वर्ष मनाइरहेको बेला नेपाल टेलिभिजनले बुधबारदेखि नेपालभाषामा समाचार प्रसारण शुरु गरेको हो। नेपाल टेलिभिजनमा स्थापना गरिएको समावेशी समाचार कक्षको पनि बुधबार सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्बीसुब्बा गुरुङले एक समारोहकाबीच शुभारम्भ गरेका थिए। यस कार्यलाई दुवै संस्थाले विहीबार विज्ञप्ती प्रकाशित गरी सो कार्य स्वागत गरेका हुन्। 

नेपालभाषाको समाचार प्रसारणसंगै नेपाल टेलिभिजनबाट प्रसारित हुने समाचारको माध्यम भाषाको संख्या ६ पुगेको छ । प्रत्येक प्रदेशमा बढी भन्दा बढी जनताले बोलिने कम्तीमा दुई वटा भाषाबाट समाचार प्रसारण गर्ने लक्ष्यले यस अघि सो टेलिभिजनबाट नेपाली र अंग्रेजी भाषा बाहेक मैथली, तमु (गुरुङ), लिम्बु, तामाङ र डोटेली भाषामा समाचार प्रसारण भइरहेको छ । त्यसैगरी राष्ट्रिय समाचार समिति (रासस) ले गत मंगलबारदेखि नेपालभाषा र मैथली भाषामा समाचार प्रेषण र प्रकाशन गर्ने कार्य शुरुआत गरेको थियो भने बुधबार नै रेडियो नेपालले २५ औं राष्ट्रभाषाको रुपमा दनुवार भाषामा समाचार प्रसारण शुरुआत गरेको थियो। 

यसले सञ्चारमाध्यमको समावेशीकरणसंगै संघीयताको आवश्यकता र महत्व थप पुष्टि गर्ने  मात्र त्यसलाई बलियो बनाउने नीष्कर्ष फोनिजका महासचिव समिर बलामीद्वारा जारी विज्ञप्तिमा भनिएको छ । यसले समाचारकक्ष र समाचारको अन्र्तवस्तु विविध बनाउन मात्र नभई संस्कृति, इतिहासको संवाहक र पहिचानको आधार रहेको भाषालाई जर्गेनामा पनि टेवा पु¥याउने विज्ञप्तिमा भनिएको ।

सरकारी सञ्चारमाध्यमको समावेशीकरण र बहुभाषिक प्रकाशन प्रसारणलाई नेपालमा बोलिने सबै भाषाहरु राष्ट्रभाषा हुन् भन्ने संविधानको मर्मको व्यवहारिक अनुवादको रुपमा पत्रकार राष्ट्रिय दबूले लिएको विज्ञप्तिमा भनिएको छ । सो कार्य निजी सञ्चारमाध्यमरुको लागि पनि उदाहरणीय बन्ने विश्वास व्यक्त गर्दै  पत्रकार राष्ट्रिय दबूका अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठद्वारा हस्ताक्षरित सो विज्ञप्तिमा भनिएको छ ‘ मुलुक केन्द्रीकृतबाट संघीयतातिर, वहिष्करणबाट समावेशीकरणतर्फ र एकात्मकताबाट विविधता अघि बढीरहेको स्थितिमा यसको गतिलाई बढाउन सरकारी सञ्चारमाध्यमहरुको समावेशीकरणसंगै विविध भाषामा समाचार प्रकाशन, प्रसारण हुनु निकै महत्त्वपूर्ण रहेको छ ।’

बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विविधताले भरिएको नेपालमा विविध भाषाको माध्यमबाटै समाचार प्रकाशन र प्रसारण गरिनु पनि समावेशी सञ्चारमाध्यमको आयाम रहेको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ ‘ यसबाट विविध भाषाभाषाका एजेण्डा उठामा निकै टेवा पु¥याउने छ । बहुभाषिक, बहुजातीय राष्ट्रका विविध समुदायमा आफ्नो भाषाबाट सूचना पाउने हकको सुनिश्चित गर्ने छ । समग्ररुपमा भन्नुपर्दा समाज विकासको क्रममा हजारौ वर्ष लगाएर विकसित संस्कृति, सभ्यताको बाहकका रुपमा रहेको भाषा जर्गेना गर्ने दिशामा महत्त्वपूर्ण टेवा पु¥याउने छ । यस कार्यको संघीयताको औचित्यलाई पुष्टि गर्दै संघीयतालाई बलियो बनाउन टेवा पु¥याउनेमा कुनै दुईमत छैन।’