न्यूजील्याण्डविरुद्ध भारतको शीर्ष ब्याटिङ लाइन कोल्याप्स !


काठमाडौँ । 

न्यूजील्याण्डविरुद्धको टेस्ट सिरिजको पहिलो खेलमा भारतको ब्याटिङ कोल्याप्स भएको छ । वर्षाले प्रभावित बनेपछि दोस्रो दिन ढिलो गरी सुरु भएको यस टेस्टमा भारतले लन्चसम्म ६ विकेट गुमाएर ३४ रन मात्र बनाएको छ ।

टस जितेर पहिला ब्याटिङ गरेको भारतले लन्चसम्म केवल ३४ रन बनाएको छ भने आफ्ना महत्वपूर्ण ६ विकेट गुमाएको छ । अहिले ऋषव पन्त १५ रन बनाएर खेलिरहेका छन् ।

यस खेलमा यशश्वी जैसवाल १३, कप्तान रोहित शर्मा २, विराट कोहली, सरफराज खान, केएल राहुल र रविन्द्र जडेजा शून्यमा आउट भएका थिए ।

भारतको ब्याटिङ लाइन ध्वस्त गर्नेक्रममा न्यूजील्याण्डका विलियम पिटरले ३ विकेट लिए भने म्याट हेनरीले २ तथा टिम साउथीले एक विकेट लिएका छन् ।