इङल्याण्ड पाकिस्तानसँग पहिलो इनिंगमा अझै १२७ रनले पछाडी


काठमाडौँ ।

पाकिस्तान र इङल्याण्डबीचको दोस्रो टेस्टको दोस्रो दिन इङल्याण्डले ६ विकेट गुमाउदै २३९ रन बनाएको छ ।

दोस्रो दिनको खेल सकिदा अझै इङल्याण्ड १२७ रनले पछाडी रहेको छ । इङल्याण्डका लागि बेन डकेटले ११४ रनको शतकीय पारी खेलेका थिए भनेअन्य ब्याट्सम्यानले खासै योगदान गर्न सकेनन् । दोस्रो दिनको खेल सकिदा जामी स्मिथले १२ र ब्रिडन कार्सले २ रन बनाएर खेलिरहेका छन् ।

त्यसैगरी पाकिस्तानका बलर साजिद खानले ४ विकेट लिए भने नोमन अलीले २ विकेट लिए ।

यस अघि पाकिस्तानले आफ्नो पहिलो इनिंगमा डेभ्यु खेल खेलिरहेका कमरान घुलामको ११८ रन तथा सैम आयुबको ७७ रनको मद्धतले ३६६ रन बनाएको थियो ।

अब तेस्रो दिनको खेलमा इङल्याण्डले आफ्नो पहिलो इनिंगलाई निरन्तरता दिने छ ।